बैशाख २५, २०८१ मंगलबार

सम्पादकीय : देवी माविमा अदृष्य चलखेल

एकहप्ताअघि एउटा सूचना बाहिर आयो । देवी मावि बिर्तामोडले विधार्थीसँग दोहोरो भर्ना शुल्क लिइरहेको भन्दै ।

तत्काल सूचनाको यथार्थ बुझ्दा सत्य थियो । र, अभिभावकलाई बुझ्दा पनि दोहोरो भर्ना गरेको स्वीकार गरे । नाम खुलाउँदा विधालय प्रशासनबाट उनीमाथि चरम दवाव हुने भएकाले नाम गोप्य राख्न उचित हुन्छ । कालान्तरमा मुद्दा मामिला भइगए प्रमाण पेश गर्न समस्या हुनेछैन ।

दोहोरो भर्ना गरिएको विषय विधालयको आन्तरिक र प्राविधिक विषय हुन सक्छ । तर, नीतिगत रुपमा कसैले ठिक हो, राम्रो भन्ने ठाउँ छैन । विधालय व्यवस्थापन समितिले गतवर्ष नै यो समस्या बारे समाधानको बाटो खुला गरेको थियो ।


यहि समस्या अघिल्लो शैक्षिक सत्रमा पनि विधार्थीले नभोगेका होइनन् । व्यवस्थापन समितिले तत्कालै समस्या समाधानको लागि आवश्यक निर्देशन दिइसकेको थियो । पुनः त्यस्तो अवस्था आएमा दोहोरो शुल्क नलिन स्पष्ट पारिए पनि विधालयले यो वर्ष दोहोरो शुल्क लियो । सूचना बाहिर आएको थिएन भने गुपचुप हुन सक्थ्यो । तर, जब, सूचना बाहिर आयो , अभिभावकलाई बोलाएर दोहोरो शुल्क बापत लिएको रकम फिर्ता गरियो । प्राविधिक कठिनाई भएमा विधार्थीको मासिक शुल्कसँग मिलान पनि गर्न सकिन्थ्यो । तर, यहाँ नियतसहितको त्रुटि छ ।


झापाकै चर्चामा आउने विधालय देवी मावि सबैको रोजाईमा छ । महिला प्रधानाध्यापकले नेतृत्व गरेकोमा झनै धेरै गौरव गर्ने ठाउँ छ । तर, व्यवस्थापन समितिको निर्णयलाई समेत गुमराहमा राखेर उलंघन गर्नुमा अदृष्य व्यक्तिको चलखेल स्पष्ट छ । यसअघि पनि केहि विवाद आए । सबै गुपचुप पारियो । विधालयको चौतर्फी विकासमा व्यवस्थापन समितिले गरिरहेको प्रयास प्रशंसायोग्य रहे पनि प्रशासनिक क्षेत्रको असहयोग शंकास्पद छ ।

एउटा महिला प्रधानाध्यापकबाट यो सबै हुन सक्ला भनेर विश्वास गर्ने ठाउँ छैन । उनलाई कि कसैको सहयोग छ वा अन्य कोहि व्यक्ति यस्ता गतिविधिमा सक्रिय छन् । व्यवस्थापन समितिले अदृष्य चलखेल गर्ने व्यक्तिलाई समयमै पहिचान नगर्ने हो भने ठुलो जोखिम आइपर्न सक्नेछ । विधालयको साख जोगाउन समयमै सचेत बनौं ।

प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]