बैशाख ११, २०८१ मंगलबार

हेप्पीलेण्डले अहिलेसम्म कर नबुझाएको खुलासा

लीलाराज झापाली
झापा । झापाको कनकाई नगरपालिका ३ र २ को सिमामा संचालित हेप्पी लेण्ड फनपार्कले कनकाई नगरपालिकालाई कर नतिरी करौडौ रुपैँया आम्दामी मात्रै लिएको सार्वजनिक भएको छ ।

फनपार्कका संचालक दिनेश शिवाकोटीले इलामको माई नगरपालिका २ मा संचालनमा ल्याएको अर्को चेप्टी फनपार्कले करोडौको सरकारी र वनको जमिन हडपेको मिडियाबाट बाहिर आएसँगै उनले आफ्नो गाउँमा बर्षौदेखि संचालनमा ल्याएको फनपार्क पनि विवादमा तानिएको छ ।

सुरुमा आफ्नै पार्टनरविचमा विवाद भएर केहि चर्चामा रहेको फनपार्कले करोडौंको रकम आम्दामी गर्दा पनि कनकाई नगरपालिकालाई कर नबुझाएको सार्वजनिक भएको छ । कनकाई नगरपालिकाले तत्काल कर बुझाउन भनी पटक–पटक सेल्फी डाँडो समेत भनिने ह्रयाप्पी लैण्ड फनपार्कलाई पत्र काटे पनि अटेर गरिरहेको कनकाई नगरपालिकाले जनाएको छ ।
फनपार्क र चेप्टीका कर्तुतहरु धमाधम मिडियामा आउन थालेपछि भने फनपार्कका मानिसहरु हामीले कसरी यत्रो बर्षको कर तिर्नेहोला सहजीकरण गरिदिनुपर्यो भन्दै हाल कनकाई नगरपालिकामा दिनहँु मानिसहरु आउने गरेको नगरपालिका स्रोतले बताएको छ ।

एउटा साधरण व्यावसायिक आफ्नै वोर्ड राखेको पनि हजार रुपैँया कर लिएको भनी चर्को आलोचना भइरहेको कनकाई नगरपालिकाले बर्षमा करौडौको व्यापार गर्ने ह्रयाप्पी लैण्डसँग भने एक रुपैयाँ पनि कर नलिएपछि नगरपालिका र फनपार्कबिच के कस्तो सम्बन्ध छ भनी सर्वसाधरणले प्रश्न उठाउन थालिसकेका छन् । कनकाई नगर पालिकाको मनोरञ्जन कर शीर्षकमा हरेक टिकटबाट ५ प्रतिशत रकम नगरपालिकालाई मनोरञ्जन करवापत तिर्नुपर्ने प्रष्ट व्यावस्था छ ।

यसरी हैप्पी लैण्ड फनपार्क अर्थात सेल्फी डाडाँले हालसम्म ५ बर्षमा कम्तीमा पनि करोडौ रुपैँया कर कनकाई नगरपालिकालाई तिर्नुपर्ने देखिन्छ । हेप्पीलैण्डले कम्तीमा २ सय र विशेष अवस्थामा ५ सय रुपैँया प्रतिटिकटको रकम लिएर मानिसहरु भित्र प्रवेश गराउने गरेको छ ।

हेप्पी लैण्डभित्र समेत थप सिनेमा हल समेत संचालन गरेकोले त्यसको पनि रकम जोडदा बढी हुने गरेको छ । हेप्पी लैण्डले आफ्नो दैनिक १० औं लाख रुपैँयाको कलेक्शन मनि हुने भन्दै बैँकका मेनेजर र अनुगमनमा आउने बैकका व्याक्तिलाई गेटमा राखेर प्रमाणित समेत गर्नै गरेका छन् । हप्पी लैण्डले ऋण प्रयोजनका लागि गेट मनि जति देखाएका छन् ती सबै हिसाव गरेर कनकाई नगरपालिकाले कर असुल गर्नुपर्ने माग कनकाईबासीको रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०७९ आईतबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]