बैशाख २७, २०८२ शनिबार

काममा ढिलासास्ती नगर्न बैँकलाई नगरप्रमुखको अनुरोध

मेचीनगर। नेपाल बैँक लिमिटेडले बुधबार एक कार्यक्रकाबीच मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेको छ । बैँकका पदाधिकारीले नगरपालिका पुगेर नवनिर्वाचित स्थानीय सरकारका प्रमुख र उपप्रमुखसँग भेटेर सम्मान गरेको हो ।

नगरप्रमुखको कार्यकक्षमा सम्पन्न वधाइ तथा परिचायत्मका कार्यक्रममा नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नवनिर्वाचित नगरप्रमुख गोपाल चन्द्र वुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीलाई खदा तथा प्रशंसापत्रद्वारा सम्मान गरेका थिए ।

नेपाल बैँक लिमिटेड काँकरभिट्टा शाखा र धुलावारी शाखाको संयोजनमा भएको सो कार्यक्रममा बैँकको प्रादेशिक कार्यालय प्रदेश नं १ का प्रमुख सूर्यप्रकाश भट्ट, काँकरभिट्टा शाखाका प्रबन्धक भीमनारायण ढुंगाना, धुलावारी शाखा प्रबन्धक कृष्णवहादुर नेपाल, बिर्तामोड शाखाका प्रबन्धक यामनाथ दाहाल, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश दाहाल, बरिष्ठ प्रशासकिय अधिकृत अन्नतप्रकाश वस्ती लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख वुढाथोकीले सेवाग्राहीलाई सम्भव भएसम्म छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गरेका थिए । कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत अधिकारी लगायतले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाल बैँक लिमिटेडका तर्फबाट भानुभक्त ढुंगानाले गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]