जेष्ठ ६, २०८१ आईतबार

मजदुरद्वारा आफ्नै शरिरमा आगो लगाएर आत्महत्या

बिर्तामोड । झापाको अर्जुनधारा–६ मा रहेको फर्निचर उद्योगमा कार्यरत एकजना मजदुरले आफ्नै शरिरमा तारपिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्महत्या गरेका छन् ।
भारतको पश्चिम बंगालस्थित पानीट्यांकी बस्ने बर्ष २३ का बिश्वनाथ बरमनले आफु कार्यरत फर्निचर उद्योगको ट्वाइलेटमा पसी आगो लगाई आत्महत्या गरेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।


स्थानीय प्रदिप गिरीले सञ्चालन गरेको फर्निचर उद्योगमा कार्यरत उनले ट्वाइलेटको ढोका बन्द गरी शरिरमा आगो लगाएको प्रहरीले जनाएको छ । बिहीबार अपरान्ह स्थानीयवासीले आगो लागेर उनको मृत्यू भएको जानकारी गराएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको जनाएको छ । उनले आत्महत्या गर्नु पर्ने कारण भने खुलेको छैन् । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]