असार २३, २०७९ बिहीबार

२ हजार विन्दुभन्दा तल झर्‍याे शेयर बजार

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०८ अङ्कले घटेर एक हजार नाै सय ९६ दशमलव २५ विन्दुमा झरेकाे छ । 

सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र हाेटल तथा पर्यटन समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ । 

आज दुई सय २३ वटा कम्पनीकाे ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टकाे चार कराेड ६७ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे । 

आज हिमालयन पावर पार्टनरकाे शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेकाे छ । समग्र बजार घटे पनि आँधीखाेला लघुवित्तकाे शेयर आठ प्रतिशतभन्दा धेरैले बढेकाे छ । 

शेयर बजार आज मङ्गलवार १८ महिनायताकै कम विन्दुमा झरेकाे हाे । शेयर बजार २०७७ पुस पहिलो हप्तासम्म एक हजार नाै ९८ दशमलव ६५ विन्दुमा कारोबार भएको थियो । त्यसपछि गएकाे असारदेखि फराकिलो अङ्कले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो । गएकाे साउन अन्तिमसम्म बजार बढेर ३२ सय अङ्कमाथि पुगेको थियो । तर चालु आर्थिक वर्ष लागेसँगै निरन्तररूपमा शेयर बजार घटिरहेकाे छ । 

प्रकाशित मिति : जेष्ठ ३१, २०७९ मंगलबार  ४ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास