बैशाख ७, २०८१ शुक्रबार

बाह्रदशीमा स्काउटको दिक्षान्त समारोह

बाह्रदशी । नेपाल स्काउटको ७१ औं स्थापना दिवसको अवसरमा बाह्रदशी स्काउटले दिक्षान्त समारोह सम्पन्न गरेको छ । बाह्रदशी गाउँ पालिकाको सभाहलमा पालिका अध्यक्ष देविन्द्र प्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता बाह्रदशी स्काउटका संयोजक अनिल सापकोटाले गरेका थिए ।

कार्यक्रममा १ नम्बर प्रदेश स्काउट संयोजक रवि खनालले गाउपालिकाका प्रमुख र उपप्रमुखलाई दिक्षान्त गराएका थिए भने बाह्रदशी स्काउट प्रमुख तथा गाउँ पालिका उपप्रमुख शान्ता खरेलले शिक्षा शाखा प्रमुख तथा बाह्रदशी स्काउट गाउँ तदर्थ समितिलाइ दिक्षान्त गराएकी थिइन् ।

नेपाल स्काउट १ प्रदेश संयोजक खनाल बाह्रदशी स्काउटले आगमी दिनमा गुणात्मक रुपमा काम गर्दै जाने विश्वास व्यक्त गर्दै बाह्रदशीलाई स्काउटमय बनाउने बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँ पालिका प्रमुख देविन्द्र प्रसाद चौलागाईंले बाह्रदशीका सम्पुर्ण संस्थागत तथा सामुदायिक विद्यालयहरुमा स्काउट शिक्षा आवश्यक रहेकोले सोका लागि यसै आथिक बर्षबाट बजेट बिनियोजन गरि कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

स्काउटमा स्थानीय पालिका प्रमुख स्काउटको संरक्षक, पालिका उपप्रमुख स्काउट प्रमुख तथा शिक्षा प्रमुख स्काउटको सदस्य सचिब रहने व्यबस्था छ ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]