बैशाख ७, २०८१ शुक्रबार

जिसस झापामा एमालेका सबै उम्मेदवार निर्विरोध

बिर्तामोड । जिल्ला समन्वय समिति झापाका सबै पदहरूमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।

आज असार ७ गते जिल्ला निर्वाचन कार्यालय भाद्रपुरमा मनोनयन दर्ताको लागि निर्वाचन तालिका तोकिएको थियो । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व बराल दमक र उपप्रमुखमा शान्ता रोक्का बिर्तामोडले नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराए ।

यस्तै, जिल्ला समन्वय समितिको सदस्यका लागि जुनु महरा शिबसताक्षी, सन्तोस सोरेन कनकाई, देवका बस्याल भद्रपुर, रिता नेपाली अर्जुनधारा, जलाल अलि झापा, तुलसा काफ्ले बराल मेचीनगर र कपिलमणि काफ्ले गौरादहले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन तालिकाभित्र अरु दलहरूबाट कसैको पनि उम्मेद्बारी नपरेको नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले जनाएका छन् । अध्यक्ष कार्कीले एमालेबाट उम्मेदवारी दिएका सबैजना निर्विरोध निर्वाचित भएको जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई हार्दिक बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । निर्वाचन आयोगले यो समाचार तयार पार्दासम्म आधिकारिक घोषणा गरेको छैन ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]