बैशाख १५, २०८१ शनिबार

बिर्तामोडमा स्थानीय उत्पादन कर खारेज हुनुपर्ने उधोगीको माग

बिर्तामोड । बिर्तामोडका उधोगीहरुले स्थानीय उत्पादन कर खारेजीका लागि माग गरेका छन् । बिर्तामोडको नगर प्रमुखलाई स्थानीय कर खारेजीका लागि उधोगी सञ्चालकहरुले निवेदन दिएका छन् ।

कोरोना महामारीले समस्यामा परेका उधोगहरुलाई उधोग सञ्चालनमा समेत कठिनाई भइरहेकाले सो कर खारेज हुनुपर्ने ऊँ कास्टिङका सञ्चालक एवम् बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए । बिर्तामोडका तीन दर्जन उधोगका सञ्चालकहरुले संयुक्त रुपमा स्थानीय उत्पादक कर खारेजीका लागि आग्रह गरेका हुन् ।

स्थानीय ऐनमा नभएको कर लिन नमिल्ने भन्दै मैनालीले भने- झापाका कुनै पनि स्थानीय तहले स्थानीय उत्पादन कर लिएका छैनन् । अब , बिर्तामोडले पनि सो शिर्षकको कर लिने व्यवस्था खारेज गरेर उधोग सञ्चालनमा प्रोत्साहन गर्नुपर्छ ।
उधोगीहरुले सो निवेदन जिल्ला प्रशासन कार्यालय झापा, झापा उधोग संघ र विर्तामोड उधोग वाणिज्य संघलाई बोधार्थ दिएका छन् ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]