बैशाख १४, २०८१ शुक्रबार

बाह्रदशीको नीति तथा कार्यक्रम : एमवीवीएस डाक्टरसहितको स्वास्थ्य सेवा, वडा विकासमा हातेमालो अभिायन

शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतमा
चकचकी । बाह्रदशी गाउँपालिकाले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतमा राखेको छ । शुक्रवार गाउँपालिका अध्यक्ष देवेन्द्र चौलागाईले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-०८० को नीति कार्यक्रममा शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएके छ । अध्यक्ष चौलागाईले विकासको आधार नै शिक्षा र स्वास्थ्य भएको जिकिर गरेका थिए ।

कार्यक्रममा बाह्रदशी गाउँपालिकाभित्र एमवीवीएस डाक्टर राखेर नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख गरिएको छ । भिडियो एक्स – रे, एक्स –रे सहितको एमवीवीएस डाक्टरको व्यवस्थापन गर्ने बाह्रदशीले स्वास्थ्य वीमाका लागि विरामी रिफरको प्रवन्ध मिलाउने नीति कार्यक्रममा समावेश गरिएको छ ।

आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुन बाँकी रहेका तीन वटा वडामा स्वास्थ्य संस्था स्थापन गर्ने र आधारभूत जनशक्ति सहित गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन गरिने बताइएको छ । बाह्रदशी गाउँपालिका रहेको डाँगीवारी रेडक्रस सोसाइटीमा एक थान एम्वुलेन्स सेवा थप गर्ने कार्यक्रममा समावेश गरिएको छ । अध्यक्षले सार्वजनिक गरेको कार्यक्रममा वर्थिङ सेन्टरलाई सुविधा सम्पन्न एवम् गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

यस्तै, शिक्षा तर्फ गाउँपालिकाले कक्षा १२ सम्मको अध्ययनलाई यसै आर्थिक वर्षबाट निशुल्क गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । सामदायिक विधालय सुधारका लागि विशेष अभियान सञ्चालन गरिने छ । शिक्षाको गुणस्तर सुधारका लागि सरोकारवालाहरुको सहभागितामा विशेष कार्यक्रम बनाइने बताइएको छ । कम्प्युटर शिक्षा र अंग्रेजी माध्यमलाई प्राथमिकता दिने बताइएको छ ।

किसानको खुशी,कृषि र पशुपालनबाट संमृद्धि कार्यक्रममा सञ्चालन गर्दै कृषक सूचिकरण गर्ने बताइएको छ । सो क्षेत्रमा उत्पादन हुने विरुवामा ५० देखि ८० प्रतिशतसम्म अनुदान दिइने नीति लिइएको छ । कृषि चुन र प्राङ्गारिक मलमा अनुदानको व्यवस्था मिलाइने बताइएको छ । गोठ सुधार कार्यक्रमलाई निरन्तरता दिदैं वडावडामा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ ।

भौतिक पूर्वाधार तर्फ वडा विकासमा हातेमालो अभिायन सञ्चालन गरिनेछ । सञ्चालनमा रहेका महत्वपूर्ण योजनाहरुलाई समयमै सम्पन्न गरी आर्थिक वद्धिको आधार तयार गरिने बताइएको छ ।

‘संमृद्ध बाह्रदशीको आधार, शिक्षा, स्वास्थ्य , कृषि, पर्यटन र पूर्वाधार’ नारासहित सार्वजनिक गरिएको नीति कार्यक्रममा विकासमा प्रत्येक घरधुरीको जनसहभागिता सुनिश्चित गर्ने बताइएको छ । गाउँपालिकाको यातायात गुरुयोजना निर्माण भइसकेकाले घर तथा सडकहरु निर्माण गर्दा सोही अनुसारको निर्माणलाई लागु गरिनेछ । निर्माण शुरु भएका बाटोहरुको स्तरोन्नतिलाई ध्यान दिदैं नयाँ ट्रयाक खोल्दा संभाव्यता अध्ययन गरेर मात्रै कार्य गर्ने उल्लेख गरिएको छ ।

गाउँपालिकाले घर निर्माणलाई भुकम्प प्रतिरोधी बनाउनका लागि भनव निर्माण आचारसंहितालाई पूर्ण पालना गर्ने नीति लिएको छ । सडक तथा सार्वजनिक क्षेत्रहरुमा अनावश्यक निर्माण सामग्री, पशुचौपाय तथा अव्यवस्थित रुपमा यातायातका साधनहरु, कृषिजन्य सामग्री राख्न निरुत्साहित गरिने कार्यक्रममा समावेश गरिएको छ ।

उज्यालो बाह्रदशी विशेष अभियानका बाँकी काम गर्दै कृषि लक्षित विधुतिकरण कार्यक्रम शुरु गरिने छ । यस्तै, राजगढ बजारलाई संघीय र प्रदेश सरकारको सहयोगमा स्मार्ट सिटीको रुपमा विकास गर्दै अन्य बजारको विकास गरिनेछ । ७ वटै वडामा कालोपत्रे बाटो निर्माण कार्य शुरु गरिने कार्यक्रममा उल्लेख छ । यो आर्थिक वर्षबाट न्यूनत १ वटा सडक निर्माण गर्न बजेटको व्यवस्था गरेर काम थालिने नीति कार्यक्रममा समावेश गरिएको छ । अन्य अधुरा कामहरुलाई निरन्तर अघि बढाउदै लैजाने बताइएको छ ।

यस्तै, हरेक पालिकामा खेल मैदानको अवधारणा अनुसार वडा नं. २ को खेल मैदानलाई स्तरोन्नति गर्दै अध्यक्ष, उपाध्यक्ष फुटवल र भलिवल कप सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

बाह्रदशीले सबै वर्ग , समुदाय, युवा तथा खेलकुद, उद्यमशिलता सम्बन्धी कार्यक्रम , वन, वातावरण एवम् विपद् व्यवस्थापन साथै पर्यटन, सार्वजनिक सेवा तथा क्षमता विकास , आर्थिक विकास, कृषि, पशुपालन , उधोग वाणिज्य , सहकारी, सिचाई, भूीमहिन दलित, अव्यवस्थित बसोबास तर्फ विविध कार्यक्रम समावेश गरेको सूचना अधिकारी हिमाल सुवेदीले जानकारी दिए ।

गाउँपालिकाले वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीको समस्या समाधानका लागि लगत संकलन गरी व्यवस्थित बसोबासको व्यवस्था मिलाइने नीति लिइएको छ । यस्तै, जनता आवास कार्यक्रम मार्फत घरविहीन अति विपन्नलाई आवासको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ ।

बाह्रदशीको ११ औं गाउँसभाको उद्घाटन प्रदेश नम्वर १ का भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री ओम सरावगीले गरेका थिए ।

गाउँसभामा उपाध्यक्ष शान्ता शिवाकोटीले स्वागत गरेको कार्यक्रममा संविधानसभा सदस्य हरि बहादुर राजवंशी, बाह्रदशी गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रत्ना कुमारी राजवंशी, राप्रपाका केन्द्रीय सदस्य राम कुमार सिंह राजवंशी, स्थानीय समाजसेवी दयानन्द गोश्वामी, नेपाली कांग्रेस बाह्रदशी सभापति इन्द्र बस्नेत, नेकपा एमालेका नेता तथा डाँगीवारी गाविसका पूर्व अध्यक्ष लक्ष्मण पाठक, उद्योग वाणिज्य संघ बाह्रदशीका अध्यक्ष खगेन्द्र कार्की लगायतले शुभकामना मन्तव्य राखेको प्रकाशन प्रमुख तेजु रेग्मीले जानकारी दिए । कार्यक्रमा बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाइले अध्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]