चैत्र ६, २०८० मंगलबार

‘पुरुषलाई जितेर आएका हौ’


बिर्तामोड । झापाका महिला वडाध्यक्षले स्थानीय सरकारमा अहिले पनि लैङ्गिक विभेद रहेको गुनासो गरेका छन् ।
नारी सञ्चार गृहले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिका वडा नं. ९ को वडाध्यक्ष पवित्रा पाठकले परिवर्तनमा महिलाको योगदान अझै कदर हुन नसकेको बताएकी छन् । उनले चेतनाको हिसावले पुरुष जतिकै अब्बल हुँदा पनि महिलाको काममा आलटाल हुने गरेको सुनाईन् ।
‘हामी पञ्चायत विरुद्ध लडेका थियौ’ पाठकले भनिन्, – कसैले टिपेर, तानेर यहाँ ल्याएको होइन । हामी लडेर संघर्ष गरेर नै आएका हौ । महिलाको काम ढिलो हुन्छ, पुरुषको काम छिट्टै हुन्छ, यहि हो विभेद । उनले पुरुषले जस्तो ढाप मार्न नसक्दा काम लिने कुरामा पछि पारिएको बताइन् ।
यस्तै, हल्दिवारी ३ को वडाध्यक्ष रोसन शिवाकोटीले महिला जनप्रतिनिधिले योजना माग्दा, सुनाउँदा अझै गनगन गरेको भन्ने चलन जिवित रहेको जानकारी दिइन् । उनले स्थानीय तहमा महिलालाई पुरुष सरह स्वीकार्न नसकेको बताइन् । हामी पनि जितेर आएका हौ, तर जितेर आएको जस्तो व्यवहार हुदैन–शिवाकोटीले थपिन् । विकास निर्माणमा महिलाले पुरुष सरह काम गर्न सके पनि दृष्टिकोण भने दोस्रो तहकै हुने उनको भनाई छ । निर्वाचनमा पुरुषलाई जितेर आउँदा पनि पुरुषवाद नहारेको जिकिर गरिन् ।
राति होटलमा चेस गर्नेले मात्र स्थानीय तहमा छिटो काम, योजना पाउने भद्रपुर नगरपालिका – ३ को वडाध्यक्ष कमला थुलुङको आरोप छ । अन्तरक्रियामा उनले योजनाका लागि बजेट दिनेहरुलाई ढाप नमार्दा पछि पर्ने गरेको उनको अनभुव छ । थुलुङले योजना निर्माणमा समेत महिलाको कुरा वेवास्था गर्ने गरेको गुनासो गरिन् । कार्यक्रममा सहभागी जनप्रतिनिधिले महिलाले बोल्दा सबै समेटिएको छ भन्दै आफ्ना कुरा राख्न समेत रोक लगाइने गरेको बताएका छन् । मेचीनगरको कार्यपालिका सदस्य निर्मला परियारले महिला जनप्रतिनिधिले बैठकमा मात्र बस्दिनु पर्ने कर्मचारी र नेतृत्वमा रहेका जनप्रतिनिधिको बुझाई रहेको बताइन् । नारी सञ्चार गृह झापाको अध्यक्ष अम्विका भण्डारीले तिन दिवसीय अन्तरक्रिया सञ्चालन भइरहेको जानकारी दिएकी छन् ।

प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार  ४ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]