बैशाख १२, २०८१ बुधबार

हल्दिवारीमा महिला अधिकार र विद्यमान कानुन सम्बन्धी कार्याशाला

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा दुई दिने महिला अधिकार र विद्यमान कानुन सम्बन्धी कार्यशाला शुरु भएको छ । टाइम्स मिडिया नेटवर्क बिर्तामोडको आयोजना र हल्दिवारी गाउँपालिकाको सहयोगमा महिलाहरुलाई कानुनी अधिकारका बारेमा जानकारी दिन कार्यशाला आयोजना गरिएको हो ।

हल्दिवारी गाउँपालिकाको ५ वटै वडाबाट महिला जनप्रतिनिधि, अगुवा महिलाहरु र विधार्थीको सहभागितामा कार्यशाला शुरु भएको छ । पहिलो आज सोमवार वडा नं. १ र २ को सहभागिता रहेको थियो भने बाँकी वडाहरुबाट मंगलवार सहभागिता हुनेछ ।
कार्यशालाको पहिलो दिन अधिवक्ता हेमकला कट्टेलले सहजीकरण गरेकी थिइन् । मंगलवारको सहजीकरण मोरङकी अधिवक्ता विष्णु कुमारी तामाङले गर्ने कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए ।

टाइम्स मिडियाका अध्यक्ष नारायण प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यशालामा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहाल, कार्यपालिका सदस्य शान्ता शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आशिका मावो र अनुष्का शिवाले कार्यक्रममा प्रतिवेदन पेश गरेका थिए । सहजकर्ता अधिवक्ता कट्टेलले सहभागीहरुलाई समूहमा विभागन गरेर महिलाका सवालमा छलफल चलाएकी थिइन् । छलफलमा महिला अधिकारको आवश्यकता बारे चर्चा गरिएको थियो ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]