चैत्र १६, २०८० शुक्रबार

महिलाहरुले कानुनी अधिकारबारेमा जान्न आवश्यक छ : उपाध्यक्ष मैनाली

बिर्तामोड । हल्दिवारी गाउँपालिकाको सहयोग तथा टाइम्स मिडिया नेटवर्कको आयोजनामा दुई दिवसीय महिला अधिकार तथा विद्यमान कानुन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । असार १३ देखि शुरु भएको कार्यशाला १४ गते सम्पन्न भएको हो ।

महिला अधिकार र विद्यमान कानुनका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यशालामा हल्दिवारीका महिला जनप्रतिनिधि, विधार्थी र अगुवा महिलाहरुको सहभागिता भएको थियो । कार्यशालामा पहिलो दिन झापा बारकी सचिव एवम् अधिवक्ता हेमकला कट्टेल र दोस्रो दिन मोरङकी अधिवक्ता विष्णु कुमारी तामाङले सहजीकरण गरेका थिए । उनीहरुले वर्तमान समस्याहरुका बारेमा जानकारी दिदैं संविधानमा भएका अधिकारका बारेमा सहजीकरण गरेका थिए ।

दुई दिवसीय कार्यशालामा सहभागीहरुलाई महिला अधिकार र विद्यमान कानुनबारे समूहगत छलफल गराइएको थियो । सहभागीहरुले दुई दिवसीय कार्यशालाबाट महिला अधिकारका बारेमा सिक्ने अवसर पाएको बताएका थिए । टाइम्स मिडिया नेटवर्कका अध्यक्ष नारायण प्रसाद पोखरेलको अध्यक्षमा सम्पन्न कार्यक्रम गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीका प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथी मैनालीले महिलाहरुले आफ्ना अधिकार र कानुन बारे जानकारी नहुँदा धेरै ठाउँहरुमा समस्या झेल्नु परेको बताइन् । उनले महिलाहरुले कानुनी अधिकारका बारेमा जानकारी लिदा अन्यायमा परेका महिलाहरुको समेत सहयोग गर्न सक्ने धारणा राखिन् ।

प्रकाशित मिति : असार १४, २०७९ मंगलबार  ११ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]