बैशाख १९, २०८१ बुधबार

एमालेको जग नै किसान र श्रमिक वर्ग हो : अग्नि खरेल

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले एमालेको जग नै श्रमिक र किसान वर्ग भएको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा उनले एमाले किसान र श्रमिक वर्गकै जगबाट बनेको बताए ।

झापाको अर्जुनधारा ७ मा नेकपा एमाले अर्जुनधारा र किसान महासंघले संयुक्त रुपमा आयोजना गरेको धान रोपाईमा सहभागी हुँदै खरेलले किसान, श्रमिकको पार्टी कुनै पनि गठबन्धन सफल नहुने बताएका हुन् । धान रोप्दै कार्यक्रमको शुरुआत गरेका खरेलले जिल्लाका सबै पालिकामा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
किसान र श्रमिक वर्गको साथ पाएको पार्टी एमाले जनताको प्रीय पार्टी भएको उनको धारणा थियो । इञ्चार्ज खरेल जिल्लाका अन्य पालिकाको धान रोपाईमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : असार १५, २०७९ बुधबार  ११ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]