बैशाख १४, २०८१ शुक्रबार

धान दिवसमा बाह्रदशी एमालेको मनोरञ्जनात्मक कार्यक्रम

बाह्रदशी । नेपाल कम्युनिस्ट पार्टी एमाले बाह्रदशी गाउँ कमिटीको आयोजनामा राष्ट्रिय धान दिवस मनाइएको छ । असार १५ मा बाह्रदशी –५ स्थित पूर्वी टोलमा राष्ट्रिय धान दिवस मनाइएको हो । दहीचिउरा खादैं धान रोप्दै राष्ट्रिय धान दिवस मनाइएको छ ।

हिले दौड, हिले नाच, बीउ फ्याल्ने , हलो जोत्ने , बीउ रोप्ने लगायतका विभिन्न खेल मनोरन्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रम स्थल तथा मेलोको लागि स्थानीय नर प्रसाद सापकोटाले जमिन उपलब्ध गराएका थिए ।
कार्यक्रममा बोल्दै बाह्रदशी गाउँपालिका अध्यक्ष चम्लागाईले बाह्रदशीलाई चाडै कृषिमा आत्मनिर्भर बनाउनका लागि लागिपर्ने बताएका छन् । उनले सामुहिक कृषि प्रणालीलाई जोड दिनु आग्रह गरेका छन् । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य हरि बहादुर राजबंशीले अहिले किसानहरु रसायनिक मलको चरम अभावमा रहेकाले सरकारलाई तत्काल मल उपल्ब्ध गराउन आग्रह गरे । बाढी पहिरोबाट भएको क्षतिको तत्काल अनुगमन गर्दै यथाशिघ्र राहत उपल्ब्ध गराउन पनि बाह्रदशी पालिकालाई अनुरोध गरेका छन् । उनले बाढी पहिरोबाट सुरक्षित रहन आम कृषकहरुलाई आग्रह गरेका छन् ।

नेकपा एमाले बाह्रदशीका अध्यक्ष बुद्धराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीमा जिल्ला सचिवालय सदस्य तथा ३ क्षेत्रीय संयोजक लक्ष्मण पाठक, बाह्रदशी गाउँपालिका अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य देबेन्द्र चम्लागाई, उपाध्यक्ष शान्ता खरेल, कार्यपालिका सदस्य तथा गाउँ कमिटी सहसचिव मन बहादुर राजबंशी , लोचन गुरागाई लगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थितिमा राष्ट्रिय धान दिवस मनाइएको हो ।

प्रकाशित मिति : असार १५, २०७९ बुधबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]