बैशाख १२, २०८१ बुधबार

बालबालिकासँग बंगाली सेवा समाजको असार १५

सुरुंगा । यौन हिंसामा परेका तथा सडक बालबालिकाहरुसँग यहाँस्थित बंगाली सेवा समाज कनकाईले दहि चिउरा खाएर असार १५ मनाएको छ ।

कनकाई नगरपालिका १ स्थित सुस्त श्रवण सरोकार समाज नेपालको आश्रममा रहेका बालबालिकासामु असार १५ को दहि चिउरा खानुको साथै बालबालिकाहरुलाई खाद्यान्न सामग्री प्रदान गरेको हो । बंगाली सेवा समाज कनकाईका अध्यक्ष पंकज मण्डलका अनुसार आश्रममा रहेका बालबालिकालाई समाजले खाद्यान्न सहयोग गर्नुका साथै उनीहरुलाई असार १५ को दहि चिउरा खुवाइएको छ । सुस्त श्रवण सरोकार समाजकी अध्यक्ष शान्ता पोखरेल ( भगिरथा) का अनुसार यस आश्रममा हाल २० जना फरक क्षमता भएका सडक बालबालिका, यौन हिंसामा परेका फरक क्षमताका बालबालिकाहरु रहदै आएका छन् ।

नीहरुलाई विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरुद्धारा प्रदान गरिने सहयोगबाट उक्त आश्रम संचालित रहेको छ । असार १५ को दहि चिउरा खाने कार्यक्रम तथा सहयोग हस्तान्तरण कार्यक्रममा कनकाई नगरपालिका १ की वडा सदस्य निर्मला खड्का ,कनकाई लायन्स क्लवका पूर्व अध्यक्ष मनोज बस्नेत, बंगाली सेवा समाजका गोविन्द शाह लगायातले समाजले औपचारिकताका लागि नभएर साचो अर्थमा सेवा गरेको बताएका छन् ।

केहि बर्ष पहिले मात्रै यस क्षेत्रमा गठन गरिएको यस बंगाली सेवा समाजले होली मिलन, देउसी भैलो लगायतका कार्यक्रमहरु संचालन गरिसकेको समाजका अध्यक्ष पंकज मण्डलले जानकारी दिए ।

प्रकाशित मिति : असार १५, २०७९ बुधबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]