बिर्तामोडमा बजाजको महामेला तयारी, मेलामा अफरैअफर

बिर्तामोड । झापाको बिर्तामोडमा बजाज कम्पनीले एक्सचेन्ज महामेलाको आयोजना गर्ने भएको छ । यहि भदौं २५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महामेलामा बजाज कम्पनीका मोटरसाइकल खरिदकर्ताले विशेष छुटको अवसर पाउने भएका छन् ।
मेची पावर मोवाइल टे«ड बिर्तामोडले सो महामेलामा बजाज प्रयोगकर्ताका लागि विषेश योजना ल्याएको छ । सँगै जुनसुकै कम्पनीका पुराना मोटरसाइल उपलब्ध गराएमा न्यूनतम ३० हजार दिने सञ्चालक मनोज वंशलले जानकारी दिए । एक्सचेन्ज महामेलामा कुनै पनि मोटरसाइकलको प्रचलित बजार मुल्यभन्दा १५ हजार थप गरिने योजना रहेको वंशलले बताए ।
बजाजको नयाँ मोटरसाइकल खरिदमा बाइक कभर, हेल्मेट, ल्यापटक ब्याग र लेग गार्ड निःशुल्क उपलब्ध गराइने बताइएको छ । बिर्तामोडस्थित खड्गा कम्प्लेक्स नजिकै आयोजना हुने महामेलामा अफरको सुविधा लिन आम मोटरसाइकल प्रयोगकर्तालाई आव्हान गरिएको छ ।