श्रावण ३१, २०७९ मंगलबार

हल्दिवारीका उत्कृष्ट चार कर्मचारी सम्मानित

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकाले चार जना कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरेको छ । गाउँपालिकाले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान सहित पुरस्कृत गरेको हो । उनीहरुलाई नगद रु २५-२५ हजार सहित सम्मानसहित पुरस्कृत गरिएको हो ।

सम्मानित हुनुहुनेमा सानुमाया श्रेष्ठ , दिपक रेग्मी , हेमराज वन र मदन संग्रौला रहेको गाउँपालिकाले जनाएको छ ।

हल्दिवारी गाउँपालिकाले आर्थिक बर्ष २०७८-७९ मा उत्कृष्ट कार्यसम्पादन गरे वापत १२ औं गाउँसभाको निर्णय अनुसार उनीहरुलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दहालले जानकारी दिए । उनीहरुलाई गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

प्रकाशित मिति : असार २०, २०७९ सोमबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास