चैत्र १६, २०८० शुक्रबार

अर्जुनधारा खेल मैदानको हिसाव सार्वजनिक

इन्द्रकुमार राई
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका – ७ स्थित समाज उद्धार कल्याण संघले एक कार्यक्रमका बीच अर्जुनधारा खेलमैदानको बाहिरी पर्खाल निर्माण योजनाको आय – व्यय सार्वजनिक गरेको छ ।

संस्थाद्वारा मंगलबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खेलमैदानको बाहिरी पर्खाल निर्माण योजनाको आय–व्यय सार्वजनिक गरिएको हो । कार्यक्रममा संघका महासचिव मेदनीप्रसाद ढुंगेलले खेलमैदानको पर्खाल निर्माण गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयबाट ८ लाख, अर्जुनधारा नगरपालिकाबाट अनुदान १७ लाख १८ हजार र उपभोक्ता समितिबाट ३ लाख ३ हजार २ सय १६ रुपैयाँ प्राप्त भएको जानकारी दिए ।

गत २०७९ साल बैशाख २२ गते निर्माण योजना सम्झौता अनुसार पर्खालको लम्बाई १२२ मिटर ,पिलरको संख्या ३५ वटा , बेस बिममाथि १० इन्च, इँट्टाको पर्खालको उचाई ४ फिट , इँट्टाको पर्खालभन्दा माथि फलामको रेलिङ उचाइ ३.५ फिट र पर्खालको दुवै तर्फ फिनिसिङ गर्ने सम्झौता भए बमोजिम बाहिरी पर्खाल निर्माण गरिएको महासचिव ढुंगेलले जानकारी दिए ।

उक्त पर्खाल निर्माण गर्न चाहिने सामग्रीसहित खर्चतर्फ २० लाख २१ हजार ९ सय २० रुपैयाँ रहेको छ । योजना निर्माण सम्पन्न २०७९ असार १९ गते भएको बताइएको छ । संस्थाका अध्यक्ष धर्मानन्द गुरागाईले कार्यक्रमको अध्यक्षता गर्दै ५ विगाहा ८ कठ्ठा जग्गामा निर्मित खेलमैदानको बारे जानकारी गराएका थिए ।

आय –व्यय सार्वजनिक कार्यक्रममा संघका सल्लाहकार एवम् नेपाली कांग्रेस प्रदेश नम्बर १ का सभापति उद्धव थापाले संस्थाको नाममा रहेको खेलमैदानको जग्गा नगरपालिकालाई भोग गर्ने अधिकार दिए मात्र खेलमैदानलाई राष्ट्रिय स्तरको रंगशाला बनाउन सहज हुने बताए । त्यस्तै अर्का सल्लाहकार भिमचन्द्र भट्टराईले खेलमैदानलाई राष्ट्रिय स्तरको रंगशाला बनाउने प्रस्ताव संस्थाको आगामी साधारणसभाबाट अनुमोदन गर्न सुझाव दिए । कार्यक्रममा अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द खतिवडा, पूर्व वडा अध्यक्ष नवराम ढुंगाना (नवीन ) संघका सल्लाहकार कमल गुरागाई , प्राविधिक केशव ढुंगेल लगायतले खेलमैदानको बारे धारणा राखेका थिए ।

प्रकाशित मिति : असार २२, २०७९ बुधबार  १ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]