बैशाख १७, २०८१ सोमबार

अर्जुनधारामा न्यायमा पहुँच कार्यक्रम

अर्जुनधारा । झापा जिल्ला अदालतकाे आयाेजना तथा अर्जुनधारा नगरपालिकाकाे समन्वयमा एक दिवसीय न्यायमा बाह्य पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

नगरपालिकाको न्याय सम्पादनमा सहज होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
सहभागी जनप्रतिनिधिहरुले जनताका समस्या र त्यसमा अदालतले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्ना धारणा व्यक्त गरेका छन् ।

कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधीश गिरिराज गाैतमले गरेका थिए भने जिल्ला न्यायाधीश शंकरबहादुर राई , ओमबहादुर सोडारी लगायतको सहभागिता रहेको थियाे ।

कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गाेम्देन ,उपप्रमुख खड्गमाया पराजुली ,प्रमुख प्रशासकीय अधिकृत गीता राई, वडा अध्यक्ष ,कार्यपालिका सदस्य र वडा सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]