चैत्र १६, २०८० शुक्रबार

सहारा नेपालसहित झापाको दुईस्थानमा बम बिस्फोट

बिर्तामोड । झापाको दुई स्थानमा आज राती बम बिस्फोट गराइएको छ । प्रतिबन्धित बिप्लप समुहले सो बिस्पोट गराएको हुन सक्ने सुरक्षा अधिकारीले बताएका छन् ।


बिर्तामोड – २ मा रहेको सहारा नेपालको प्रधान कार्यलय चारपाने र गौरादस्थित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्ने सवारीमा एकै समयमा बिस्फोट गराइएको झापा प्रहरीले जनाएको छ ।


सहारामा प्रेसर कुकर बम बिस्पोट हुँदा कार्यलयको झ्याल र गार्डसकक्ष पूर्णरूपमा क्षति भएको बताएको छ । यस्तै बिस्पोटबाट गौरादह नगरपालिकाको सवारीमा क्षति पुगेको छ ।

दुबै स्थानमा टाइमिङ फिट गरेर राती १२:३० मा बिस्पोट गराइएको प्रहरीले जानकारी दिएका छन् । झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले रातीनै घटानास्थलको अवलोकन गरेका छन् ।

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]