बैशाख १३, २०८१ बिहीबार

ज्ञानेन्द्र शाहीको अभिव्यक्ति हावादारी : शिवसताक्षी

विनोद सापकोटा

झापा । आफूलाई भष्टचारविरुद्धको अभियानका अभियन्ता ठान्ने ज्ञानेन्द्र शाहीले झापाको बिर्तामोडमा आएर सार्वजनिक गरेको बेरुजु र मोजमस्ती शीर्षकको खर्चमा कुनै सत्यता नरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सर्वसाधरण जनतालाई भ्रममा पार्ने र जनमत बटुल्न खोज्ने शाहीको अभिव्यक्ति हावादारीसमेत भएको नगरपालिकाका प्रवक्ता नविन इजमले बताएका छन् । जिल्लाका १५ वटै स्थानीय तहलाई लगाएको आरोपको खण्डन गर्दै पहिलोपटक शिवसताक्षी नगरपालिकाले विज्ञप्ति निकालेर ज्ञानेन्द्र शाहीको भाषणको विरोध जनाएको हो ।

शिवसताक्षी नगरपालिकाले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दे भनेको छ, ‘भाद्र २१ गते शनिबारका दिन बिर्तामोडमा भएको एक कार्यक्रमका शिवसताक्षी नगरपालिकाको नाम जोडेर गरको भाषणको हामी खेद प्रकट गर्दछौ ।’ शाहीले १२ करोड १६ लाख ५४ हजार बेरुजु र १७ करोड ४ लाख ८४ हजार शिवसताक्षी नगरपालिकाका उनकै शब्दमा छोटे महाराजाले मोजमस्ती गरेको आरोप लगाएका थिए । ज्ञानेन्द्र शाहीले जिल्लाका १५ वटै स्थानीय तहमा जनप्रतिनिधिले गरेको बेरुजु र अन्य कार्यालय सञ्चालन खर्चलाई मोजमस्ती शीर्षक दिएर भ्रष्टाचारको आरोप लगाएका थिए ।

यथार्थ नबुझी वा बुझ्न नखोजी अपुष्ट विवरणका आधारमा प्रचार गरिएको उनको भाषणमा सत्यता नभएको विज्ञप्तिमा उल्लेख छ । गत आर्थिक वर्ष २०७४÷०७५ को मलेप डोरले सामाजिक सुरक्षा भत्ता बैकमार्फत वितरण गर्नुपर्नेमा विविध कारणले नगरका वडाले नगदै वितरण गरेको हुँदा उक्त रकमलाई शाहीले भ्रष्टचारमा तुलना गरेकोले नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगरपालिकामा प्राप्त हुने वार्षिक सामाजिक सुरक्षा भत्ता वापतको १० करोड ७५ लाख १९ हजार रुपैयाँ नियमित गर्नुपर्ने भनी औल्याएको बेरुजु रकमलाई शाहीले भ्रष्टाचारमा तुलना गरी असान्दर्भिक र झुटो विवरण पेस गरेर सर्वसाधरणलाई झुक्याएको प्रवक्ता इजमले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

शाहीले औल्याएको बेरुजु रकम उपर आव २०७५/०७६ देखि नगरपालिकाले अनिवार्य बैंकमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । १ नम्बर प्रदेश सरकारले तोकेको नियम संगत जनप्रतिनिधिले पाउने सेवा सुविधाको रकमलाई मोजमस्ती शीर्षकको खर्च भनी निम्नस्तरको शब्द प्रयोग गरेको हुँदा प्रस्तुतिको शैली तथा शब्दावली सच्याउन नगरपालिकाले शाहीलाई आग्रह गरेको छ । तथ्यहीन एवं भ्रमपूर्ण उत्तेजित भाषणबाजीबाट जनमत प्राप्त जनप्रतिनिधिहरुलाई अपमानित गर्ने शब्दको प्रयोग गरी जनमतमाथि नै धावा बोल्ने, जनतालाई भ्रमित पार्नेे अभिब्यक्तिको कुनै औचित्य नरहेको बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]