बैशाख १४, २०८१ शुक्रबार

नेकपा झापाले संविधान दिवसमा बिर्तामोडमा १५ हजारको उपस्थितिमा जनसभा आयोजना गर्ने

बिर्तामोड । संविधान दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले बिर्तामोडमा जनसभा आयोजना गर्ने भएको छ । जिल्ला कमिटीको मंगलवार सम्पन्न बैठकले असोज ३ गते संविधान दिवसमा १५ हजार कार्यकर्ताको सहभागितामा जनसभा आयोजना गर्ने सचिवालय सदस्य शिव ढुङगेलले जानकारी दिए ।

पाचौं संविधान दिवसलाई झापामा भव्य रुपमा मनाउने निर्णय गरेको बताउँदैं ढुङगेलले भने – जनसभामा झापाका पार्टी सदस्यहरुको अनिवार्य उपस्थिति रहनेछ । सो कार्यक्रमलाई पार्टीका शिर्ष नेताले सम्बोधन गर्ने ढुङगेलले जानकारी दिए । जनसभामा क्षेत्र नं. १ बाट २५ सय, क्षेत्र नं. २ बाट ५ हजार , क्षेत्र नं. ३ बाट १५ हजार, क्षेत्र नं.४ बाट २ हजार र क्षेत्र नं.५ बाट २५ सय सहभागी जनालाई गराउने बताइएको छ ।

संविधान दिवसको कार्यक्रम आयोजनाका लागि प्रेम गिरीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । उपसंयोजकमा अरुण श्रेष्ठ र सदस्यहरुमा खड्ग तिम्सिना पवन, प्रेम प्रसाद सिटौला, मोहन सुब्बा, ध्रुव शिवाकोटी , एकराज कार्की, भुपेन्द्र न्यौपाने, सुबास भट्टराई , हरी राना, सार्दुल ओली, पुण्य प्रसाद खरेल, प्रकाश भट्टराई र शिव ढुङ्गेल रहेका छन् ।
बैठकले संविधान दिवसका दिन स्थानीय स्तरमा असोज ३ गते बेलुका दिपावली गर्ने, सबै पार्टी सदस्यले आफ्नो–आफ्नो घरमा पार्टी झण्डा र राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार  ६ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]