श्रावण ३१, २०७९ मंगलबार

शिवसताक्षीमा एक महिला तीन वर्षदेखि साङ्लोमा

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा वडा नं. १० दोमुखाकी अम्बिका ढकाल ३ वर्षदेखि साङ्लीमा बाँधिएकी छिन् । उनको खुट्टामा साङ्लीले बाँधिएको छ । भागेर घर छोडेर हिड्छिन भनेर उनका परिवारले सांङ्लीले बाँधेर राखेका हुन् ।
उनको दुवै खुट्टामा साङ्ली लगाएको छ । जसले उनी विस्तारै मात्र हिड्न सक्छिन् । विगत १६ वर्ष अघिदेखि विरामी पर्दै आएकी अम्बिका गरिवीका कारण औषधी उपचार गर्द नसक्दा आफ्नी छोरीलाई सांङ्लोले बाँधर राख्नु परेको आमा सरस्वता ढकालले दुखेसो पोखिन् ।

वि.सं. २०४१ सालमा जन्मिएकी अम्बिकाले माइखोलमा गिटी कुटेर आफ्नो आमा र भाईलाई पाल्दै आएकी थिइन् । वि.सं. २०६० सालमा उनले भागेर विवाह गरिन् । विवाह पश्चात श्रीमानले बच्चा पेटमा भएको अवस्थामा नै छोडेर भागे । त्यस पश्चात उनी माइतमै बस्दै आएकी थिइन् । उनले माइतमै छोरीलाई जन्म दिइन् । समय वित्दै गयो । छोरी चार वर्षकी भएपछि एक्कासी उनमा समस्या देखा परेको आमा सरस्वताले बताइन् ।

सुरुमा उपचारका लागि भारतको सिलगुडी समेत लगेको थिए । सिलगुढीबाट दिएको औषधीले केही समय ठिक हुँदै थियो, आमा सरस्वताले भनिन् । आफुले परिवार पाल्ने जिम्मेवारी, कमाएर ल्याउने छोरीको नै यो हालत भएपछि रकम अभावका कारण औषधीलाई निरन्तरता दिन नसकेको आमाले बताइन् ।

गएको तीन वर्षदेखि घर छोडेर भाग्ने, अरुलाई कुट्ने र हराउँने भएकाले छोरीको दुवै खुट्टामा साङ्लोेले बाँधेर राखेको छु आमा सरस्वताले भनिन् ।

सुरुका दिनका शिवसताक्षी १० का माइधाम मेडिकल हलबाट निरन्तर औषधी खाइरहेको मेडिकल सञ्चालक भिम सुवेदीले बताए । उनले भने, सुरुका दिनमा यहीबाट औषधी खाँदै आउनु भएको थियो । मैले गरिवीका कारण औषधी खान नसकेको बुझेपछि धेरै औषधिहरु निशुल्क पनि दिए । विचमा आमा सरस्वता औषधी लिन आउन छोड्नु भयो । मैले पनि भर्खरै अघि मात्रै विरामीलाई साङ्लीले बाँधेर राखेको भन्ने सुने । गरिवीका कारण विरामीले उपचार नपाउँदा साङ्लोमा बाधिनु परेको मेडिकल सञ्चालक सुवेदीले बताए ।

छोरीले उपचार पाए निको हुने आमाको विश्वास छ । छोरी निको भए नातिनीलाई पनि संँगै राखिदिने थिए । विरामी अम्बिकाले सबैलाई कुट्ने भएकाले परिवारले नातिनीलाई पनि अलग्गै राखिदिएका छन् । छोरीको उपचारमा सहयोग गरिदिन आमा सरस्वताले सबैलाई आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : श्रावण ७, २०७९ शनिबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास