दृष्टिबिहीन बिद्यार्थीलाई सिएमए संघको सहयोग
बिर्तामोड । नेपाल सि.एम.ए संघ झापाले १६ औं स्थापना दिवसको अवसरमा दृष्टिबिहीन बिद्यार्थीलाई सहयोग गरेको छ ।
बिर्तामोड- ९ मा रहेको दुर्गा माबिमा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीलाई सि.एम. संघले औषधी सहित आवश्यक तन्ना,सिरानी र खाध सामग्री सहयोग गरेको छ ।
संघका जिल्ला अध्यक्ष प्रदीप खरेल,केन्द्रीय उपाध्यक्ष ओम खड्का,जिल्ला कार्यसमितिका सदस्यसहितको टोलीले बिधालय परिसर मै उपस्थित भई सहयोग सामग्री उपलब्ध गराइएको छ ।
हाल दुर्गा माबिमा १० जना बिद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कृष्ण पाठकले जानकारी दिए । उनले सिएमए संघको सहयोगले ठूलो राहत हुने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष खड्का, स्रोत शिक्षक खिलप्रसाद शिवाकोटी,बिद्यार्थी मनिका चौहानले मन्तब्य राखेका छन् ।