बैशाख ४, २०८१ मंगलबार

विप्लवका छोरासहित १५ जना पक्राउ

चितवन – सरकारबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन् ।

उनी चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका हुन् । उनीसहित अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिनुभयो ।

केही दिन अगाडिदेखि चितवन मेडिकल कलेजका विद्यार्थी विभिन्न माग राखी आन्दोलनरत छन् ।

अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेपछि प्रकाशसहित १५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार  ११ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]