बैशाख ८, २०८१ शनिबार

कोटीहोमको दानपेटीका फोरेर नगद चोरी

बिर्तामोड । कनकाई कोटीहोम धार्मिक स्थलको मुल मन्दिरबाटै भक्तजनले चढाएको दान चोरी भएको छ । ४ वटा दानपेटी फोरेर नगद चोरी भएको छ ।

बोलबमको सिजन भएकोले यस क्षेत्रमा भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागुऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।

कोटीहोम क्षेत्रमा लागुऔषध प्रयोगकर्ता र अझ वन क्षेत्र भएकोले लागुऔषध खरिद विक्रीका लागि समेत सुरक्षित स्थल भएपछि उनीहरुले नै चोरी गरेको हुन सक्ने बुझिएको छ । रातीको समयमा दान पेटिकाको चाबी तोडेर सबै रुपैँया लगिएको पाइएकोले मन्दिरमा भएको सीसी टिभी फुटेज समेतलाई आधार मानेर थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बाले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]