जेष्ठ ४, २०८१ शुक्रबार

वाह अलैंची अभियान शुभारम्भ

बिर्तामोड । नेपाल अलैँची व्यवसायी महासंघले वाह अलैंची अभियान शुभारम्भ गरेको छ । महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एस.डि.सी) को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा अभियान सञ्चालन गरेको हो ।

घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ । अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रुपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरुसमेत बढाउनेछ । वाह ! अलैंची अभियानको ब्रान्ड एम्बेसेडर बेलायतको रियालिटी कुकरी टिभी शृंखला बीबीबी मास्टरसेफस् द प्रोफेसनल एचटीएमआरका विजेता, शेफ सन्तोष शाह हुन् । उनले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपीहरु पनि तयार गर्नेछन् । यस्तै, अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्ने बताइएको छ ।

नेपालमा विश्व बजारको ६ हजार ६ सय मेट्रिक टन अलैंची उत्पादन हुन्छ, जुन पूर्वको पहाडी जिल्लाहरूको कृषकहरूका आम्दानीको मुख्य स्रोत हो । तर, नेपाली अलैंचीको प्रयोग घरेलु बजारमा बढेको छैन, बरु भारत लगायत अरु मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेलले प्रतिस्थापन गरिरहेको छ ।

सन् २०२१ मा सुकमेलको आयात ५६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैंचीको आन्तरिक बजारमा खपत १०० टनभन्दा कम थियो । त्यसैगरी, नेपाली उपभोक्ताले एक सय ग्रामको १०० रुपैयाँ देखि १५० रुपैयाँ सम्ममा खुद्रा बिक्री हुने नेपाली अलैंचीको मूल्यको तुलनामा अहिले १०० ग्रामको सुकमेलको ४०० रुपैयाँ देखि ५०० रुपैयाँ सम्म बढी मूल्य तिरिरहेका छन् ।

प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]