बैशाख १७, २०८१ सोमबार

अर्जुनधारा धाममा जल चढाउने भक्तजनको घुँइचो

इन्द्रकुमार राई

अर्जुनधारा । पूर्वको प्रसिद्ध अर्जुनधारा जलेश्वरधारामा तेस्रो सोमबार पनि भगवान शिवजीलाई जल चढाउने भक्तजनहरुको घुइँचो लागेको छ । जलेश्वर धाममा विगत देखि नै साउन महिनाको प्रत्येक सोमवार भगवान शिवजीलाई जल चढाउने भक्तजनहरुको घुइँचो लाग्ने गरेको थियो ।

साउन महिनामा भगवान शिवजीको बास जलमा हुने धार्मिक विश्वास रहिआएकोले श्रावणी पर्वको अवसर पारेर शिवजीको शक्तिपीठहरुमा जल चढाउने भक्तजनहरुको भीड लाग्ने गर्छ । सोही अवसरमा विशेष गरी अर्जुनधारा जलेश्वरधाममा भारत सिक्किम, दार्जिलिङ, सिलगढी लगायत र विभिन्न जिल्लाबाट हजारौं भक्तजनहरु आउने गरेका छन् । धाम समितिले भक्तजनहरुबाट सहयोग स्वरुप आर्थिक संकलन गर्दै आएको हुँदा साउन भरीमा १० लाख रुपैयाँ भन्दा बढी आर्थिक संकलन हुने अनुमान गरिएको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

पहिलो, दोस्रो र तेस्रो सोमबार ४ लाख रुपैयाँ संकलन गरिएको बताइएको छ । श्रावणी पर्व कै अवसरमा सोमबार एक्सेल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा सहायक महाप्रबन्धक अशोक क्षेत्रीबाट धामलाई जिन्सी सहयोग ७ थान डस्बिन प्रदान भएको कोषाध्यक्ष जोशीले जानकारी दिए । उक्त डस्विन जलेश्वरधाम समितिका उपाध्यक्षद्वय भिमचन्द्र भट्टराई र अम्बिकाप्रसाद खतिवडालाई संयुक्त रूपमा दाता क्षेत्रीले हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : श्रावण १६, २०७९ सोमबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]