श्रावण ३१, २०७९ मंगलबार

इन्धनको मूल्य नघटाए आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । मंगलबार अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै मूल्य घटाउन माग गर्नुभएको हो ।

पछिल्लो १५ दिनमा दुईपटक गरेर मूल्य घटेर आएको भएपनि नेपाल आयल निगमले भाउ घटाउन चासो नदिएको अध्यक्ष बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२।५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य घटाएको छैन,’

विज्ञप्तिमा अगाडि भनिएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी मुल्य समायोजन नगरिएको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ ।’

अनेरास्ववियुले यथाशीघ्र मूल्य समायोजन गर्न निगमलाई आग्रह गरेको छ । ‘मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  २ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास