बैशाख १७, २०८१ सोमबार

शनिश्चरेमा राप्रपाको विरोध प्रदर्शन

शनिश्चरे । राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा नगर समिति तथा राप्रपा क्षेत्र नम्बर २ ( ख) प्रदेश समितिले बुधबार शनिश्चरेमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

राप्रपाद्वारा आयोजित विरोध कार्यक्रममा भ्रष्टाचारी सरकार मूर्दावाद , भ्रष्टाचारको अन्त्य गरौ, भ्रष्टाचारी होसियार ,नागरिकता विधेयक खारेज गर जस्ता नाराहरु लगाउँदै विरोध प्रदर्शन गरिएको थियो । राप्रपा अर्जुनधारा नगर समितिका अध्यक्ष सूर्य खतिवडा अगुवाईमा भएको विरोध प्रदर्शन कार्यक्रममा राप्रपा प्रदेश नम्बर १ का सदस्य गोविन्द कार्कीले अहिलेको वर्तमान राजनीतिक परिवेशमा सरकार छ, छैन् ? बत्ती बालेर खोज्ने स्थिति आएको बताउँदै भ्रष्टाचारीहरुको आलोचना गरे ।

राप्रपा नगर समितिका उपाध्यक्ष बिन्दा खड्काले भ्रष्टाचार विरुद्ध सबै नागरिक एक जुट भएर लाग्न आग्रह गरिन् । राप्रपा क्षेत्र नं , २ (ख) का सचिव राजकुमार चौहानले विरोध कार्यक्रम संचालन गर्दै पार्टीले भ्रष्टाचार विरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको जानकारी दिए । विरोध प्रदर्शन कार्यक्रममा राप्रपाका केन्द्रीय प्रवक्ता भक्तिप्रसाद सिटौला, पार्टीका लवकुश गिरी , छबिलाल लम्साल तिलक भण्डारीलगायत अन्य जनवर्गीय संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियोे ।
राप्रपाले बुधबार जिल्लाका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको झापाका अध्यक्ष केशव ओलझाले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]