जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडमा लाखे नाचको प्रदर्शन शुरु

रत्न बस्नेत

बिर्तामोड । झापाको बिर्तामडमा नेवारी समुदायको लाखे नाचको प्रदर्शन शुरु गरेको छ । नेवाः देयदबू बिर्तामोड –९ वडा समितिको आयोजना तथा नगर समितिको संयोजनमा सञ्चालन हुने लाखे नाचको उदघाटन एक कार्यक्रमका बीच प्रदेश १ समिति सदस्य ओमप्रकाश श्रेष्ठ,बिर्तामोड नगर समिति अध्यक्ष छत्रबहादुर श्रेष्ठ,बरिष्ठ उपाध्यक्ष रत्नकुमार श्रेष्ठ, सचिव जीवनकुमार श्रेष्ठ, नगर समिति सल्लाहकार यज्ञराज श्रेष्ठले संयुक्तरुपमा गरेका थिए ।

लाखे उदघाटनपछि भिमसेनथान मन्दिर र पञ्चकन्या देवी मन्दिर प्राङ्गणमा लाखे तथा लाठी नृत्य (ठाकठुके) प्रदर्शन गरिएको थियो । साथै कलाकार रेनिता श्रेष्ठले नेवारी धुनमा आधारित नृत्य प्रस्तुत गरेकी थिइन् । स्थानीय सर्वसाधरण उपस्थिति रहेको उक्त अवसरमा यस अघि मन्दिरमा पूजागरी प्रसाद वितरण समेत गरिएको थियो ।

नेवारी समुदायको महत्वपूर्ण सास्कृतिक पहिचानको रुपमा रहेको लाखे नाचको प्रदर्शन गठे मंगल पर्वको अवसरमा गरिने भए पनि यसको विधिवत् उदघाटन नाग पञ्चमीबाट गरिएको नगर अध्यक्ष छत्रबहादुर श्रेष्ठले बताए । गठे मंगल चाडको शुरु गतः साउन ८ गतेदेखि भइसकेको छ । नेवारी संस्कार–संस्कृति जगेर्ना गर्ने उद्देश्यले बिर्तामोडका ९,२,१० लगायत अन्य वडाहरुमा र अर्जुनधारा,बुद्धशान्तिमा पनि लाखे नाच सञ्चालन गरिने कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा संस्थाका वडा समिति अध्यक्ष रत्नबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गा श्रेष्ठ,समाजसेवी मुक्ति श्रेष्ठ, तेजप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]