जेष्ठ ४, २०८१ शुक्रबार

स्वतन्त्र अभियान भ्रमको खेती : ओली

काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रयोजनका लागि स्वतन्त्र अभियान भ्रमको खेती भएको बताउनुभएको छ ।

झापा क्षेत्र नं ५ का कार्यकर्ताहरुसँग आज काठमाडौ.भेटघाट गर्दै अध्यक्ष ओलीले स्वतन्त्र अभियान भनेर कुनै युवाले पनि अलमलिनु नहुने बताउनुभएको छ । ‘स्वतन्त्र अभियान भनेको के हो ?’ अध्यक्ष ओलीले भन्नुभयो ‘यो केवल भ्रमको खेती हो । यसमा कोही पनि अलमलिनु हुदैन । ’

अध्यक्ष ओलीले अहिले बहसमा ल्याइएको ‘नो भोट अभियान’मा पनि युवाहरुलाई नभुलिन आग्रह गर्नुभएको छ । यी सबै एमाले विरुद्धका फण्डा भएकोले त्यसमा सचेत युवाहरु अलमलिनु नहुने अध्यक्ष ओलीको भनाइ छ । ‘नो भोट अभियान एमाले सम्बद्ध युवाहरुलाई दिग्भ्रमित पार्न ल्याइएको एउटा हल्ला हो’ अध्यक्ष ओलीले भन्नुभयो ‘सबै राजनीतिक दल उस्तै छन् भनेर एमालेलाई पनि एउटै डालामा हाल्ने प्रयास हो यो । तर एमाले अरु भन्दा फरक छ ।’

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]