बैशाख १७, २०८१ सोमबार

अर्जुनधारामा जनप्रतिनिधिलाई सम्मान

इन्द्रकुमार राई

अर्जुनधारा । नेपाल आदिवासी, जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषद्ले २८औ अन्तर्राष्ट्रिय आदिवासी ,जनजाति दिवसको अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

परिषदद्वारा मंगलबार अर्जुनधारा नगरपालिका –८ शनिश्चरे बजारस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा आदिवासी , जनजातिबाट निर्वाचित हुने १६ जना जनप्रतिनिधिलाई सम्मान गरेको हो । नेपाल आदिवासी ,जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष भरतकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित मेयर बलदेवसिंह गोम्देन, वडा नम्बर ११ का वडाध्याक्ष खगेन्द्र इङनाम ,वडा सदस्यहरु मदनकुमार लिमेल मगर ,नरेन्द्र कुमार श्रेष्ठ ,सर्मिला सुब्बा ,बलबहादुर समाल, चन्द्रमाया तामाङ ,सुमनकुमारी राई,जीतबहादुर लिम्बू ,चन्द्रकुमारी तामाङ ,भीम राई , देवकुमार राई , मनोज कुमार रैका थापा मगर ,बुद्धिमान लिम्बू ,रुपेश लिम्बू र पूर्ण बहादुर राईलाई सम्मान – पत्रसहित सम्मान गरिएको परिषद्का सचिव भीमकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष कर्णबहादुर तामाङले आदिवासी , जनजातिको हक – अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिदै कार्य –पत्र प्रस्तुत गरेका थिए । सोही अवसरमा नेपाल तामाङ घेदुङ अर्जुनधाराका कलाकारहरु अस्मिता तामाङ , पुष्पा तामाङ , दिपा तामाङ र अञ्जली तामाङले सामुहिक तामाङ सेलो नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै मगर समुदायकी कलाकार लिसारा थापा मगरले मनोरञ्जनात्मक एकल नृत्य प्रस्तुत गरेकी थिइन् ।

नेपाल आदिवासी ,जनजाति महासंघ अर्जुनधारा नगर समन्वय परिषद्का अध्यक्ष जगत बहादुर मगरको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, सम्मानित मेयर गोम्देन, प्रदेश नम्बर १ का सांसद बृखबहादुर प्रधान, अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार राना, नेवाः देयः दवु अर्जुनधारा नगरसमितिका अध्यक्ष रुद्रमणि श्रेष्ठ, नेपाली कांग्रेस नगरसमितिका सचिव इन्दिवर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]