तीन दिन मनसुन सक्रिय रहने
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) हाल औसत स्थानको आसपासमा रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ | बंगालको खाडि वाट अएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छ | तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशका अधिकाँस भु-भागमा सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
भाद्र २६ गते (बिहिवार)
राती: देशभरी सामान्य बदली रही मध्य र पुर्वका धेरै स्थानहरुमा र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको मध्य तथा पुर्वि भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
भाद्र २७ गते (शुक्रवार)
दिउँसो: देशभरी सामान्य बदली रही मध्य र पुर्वका धेरै स्थानहरुमा र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भु-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
भाद्र २८ गते (शनिवार)
दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षा साथै एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले नदिमा पानीको वहाव वढ्न सक्ने, पहाडि भु-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ|