चैत्र १६, २०८० शुक्रबार

बिर्तामोडमा नाटकीयशैलीमा लुटिए व्यापारी

बिर्तामोड । गत साउन २५ गते बिर्तामोडको भद्रपुर रोडमा दुई अपरिचित बिच बैंकको ठेगाना बारे सोधीखोजी भयो । इलाम फाकफोकथुम– ३ का कमल बहादुर समाललाई एक जना अपरिचित व्यक्तिले कुमारी बैंक कहाँ छ भन्दै सोधे । समालले जवाफ दिदैं भने, मलाई थाहा छैन । म पनि सानिमा बंंैक खोजिरहेको छु । यो संवाद हो, भद्रपुर रोडस्थित पहिले सानिमा बैंक भएको ठाउँ ।

समाल इलामका अदुवा व्यापारी हुन् । बिएण्डसी नजिकै सरेको सानिमा बैंक बारे थाहा नभए पछि पुरानै ठाउँ गएका समालले पनि ति व्यक्तिलाई सानिमा बैंक खोज्दै गरेको सुनाए । त्यति सुनाएपछि, ति व्यक्तिले समाललाई पच्छ्याए ।
समालले सानिमा बैंक बिएण्डसी अस्पताल नजिकै सरेको थाहा पाएपछि उनी अटोमा त्यतै लागे । उनैसँग ति अपरिचित व्यक्ति पनि अटोमा कुमारी बैंक खोज्न भन्दै चढे । सानिमा बैंक नजिकै ओर्लिएपछि समालको भाडा समेत उनैले तिरिदिए । र, ५९ वर्षीय समाल बैंक छिरे ।

बैंक छिरेपछि अपरिचित व्यक्ति बैंक बाहिर बसे । बैंकका गार्डले उनको बारेमा सोधीखोजी गरेपछि आफ्नो मान्छे पैसा झिक्न भित्र छिरेको बताए । केहि बेरमै ति व्यक्ति पनि बैंक छिरे र पैसा झिेकेका समालसँगै उनी हिड्दै–हिड्दै पुरानो भद्रपुर रोड छेउ आए । हनुमान सेन्ट्रल र पुरानो भद्रपुर रोडको गल्लीभित्रसम्म सँगै आएका ति व्यक्तिले समालको पैसा लुटेर भागे । आँखामा के हान्यो–हान्यो थाहै भएन । बैंकबाट ल्याएको १ लाख नाटकीय रुपमा लुटिएको समालका भान्जा मित्र मगर बताउँछन् । नाटकीय रुपमा पैसा लुट्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]