बिर्तामोडको व्यापारी अपहरण प्रकरण : मेराज मुख्य योजनाकार रहेको पुष्टी
बिर्तामोड । बिर्तामोडका व्यापारी अपहरण गरी फिरौती मागेको घटनामा मुख्य योजनाकार मिराज खान रहेको प्रहरीले जनाएको छ ।

व्यापारीलाई अपहरण गरी फिरौती मागेको आरोपमा पक्राउ परेका अभियुक्तको अनुसन्धान पुरा गरी इलाका प्रहरी कार्यालय अनारमनीले बिहीवार सरकारी वकिल कार्यालय झापामा मिसिल पेश गर्दै मुख्य योजनाकार खान नै रहेको निष्कर्ष निकालेको छ ।
अनुसन्धानका क्रममा खानले घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए पनि झुटो सावित भएको छ । इन्कारी बयान दिएका खानको पोलिग्राफ परीक्षणमा ढाटेको नतिजा आएको झापा प्रहरीले जनाएको छ । व्यवसायीलाई अपहरण गरी फिरौती मागेको आरोपमा बिर्तामोड नगरपालिका–४ का मेराज खान र सुजन विक, इलाम फाकफोकथुम गाउँपालिका–१ की रितु फियाक लिम्बू , भारतको किसनगञ्ज घर भएका प्रकाश दास र काशिद आलम भन्ने मोहमद काशिद शेख पक्राउ परेका थिए ।
शरीर बन्धक, अपराधिक लाभ उधोग र संगठित अपराध मुद्धामा अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिलको कार्यालय झापामा पेश गरेको प्रहरीको भनाई छ । उनीहरुले साउन १ गते बेलुका विर्तामोड –४ स्थित रहेको महेन्द्र कुमार प्रधानको घरको चौथो तलामा प्रकाश चन्द्र दासले लिएको फ्ल्याटमा लिम्बुले झुठ्ठो मायाको जालमा पारेर कोठामा पु¥याएकी थिइन् ।
सुजन शंकर, मेराज खान, पिके भन्ने प्रकाश चन्द्र दास, काशिद आलम भन्ने मोहमद काशेक शेख समेतको योजनामा शरीर बन्धक बनाई कुटपिट गरी कपडा खोल्न लगाई नांगै बनाई भिडियो खिची सामाजिक संजालमा राखिदिने भन्दै व्यापारीसँग ४० लाख फिरौती माग गरिएको थियो ।
प्रहरीले अनुसन्धानबाट आर्थिक लाभ लिनको लागि फिरौती मागी आपराधिक लाभ उधोग समेतको घटना पुष्टि गरेको छ ।
झापा प्रहरीका अनुसार – मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ दफा २५३ उपदफा १ र दफा ३ ९१० को ९ग० बमोजिम र निज प्रतिवादीहरुले संगठित रुपमा योजना बनाई संगठित भई प्रस्तुत वारदात घटाएको देखिन आएको हुदाँ निज प्रतिवादीहरुले संगठित अपराध र निवारण ऐन २०७० को परिच्छेद २ को दफा ३९१०, ९३० को ९क० बमोजिम अपराध गरेको देखिँ
दा सोही ऐनको दफा ९ ९क० र ९च० उपदफा –३ बमोजिम थप सजाय माग दावी लिई अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पेश गरिएको छ ।
५१ दिनमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालय बुझाएको हो । अब सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गर्दै थुनछेकको आदेश दिनेछ ।