बैशाख १३, २०८१ बिहीबार

नेपाली चिया आयात गर्न चिनियाँ सरकार सकारात्मक

काठमाडौँ । नेपाली चिया आयात गर्न चिनियाँ सरकार सकारात्मक रहेको जनाइएको छ । नेपालले चिया निर्यातका लागि जीटुजी ९सरकार–सरकारबीच० सम्झौताको प्रस्ताव गरेकामा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा। दीपक खनालले जानकारी दिनुभयो ।

त्यहाँ भएको दुईपक्षीय छलफलमा नेपाली चिया आयातका लागि चीन सकारात्मक भएको त्यहाँ रहेको नेपाली दूतावासका अधिकारीले आफूलाई जानकारी पठाएको निर्देशक खनालले बताउनुभयो ।

परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले सो प्रस्ताव गरेको हो । मन्त्री खड्कासहितको टोलीले गत साता चीनको भ्रमण गरेको थियो । नेपाली चिया निर्यातका विषयमा चीनसँग यसअघिदेखि नै कुराकानी भइरहेको थियो । त्यसबारे केही कागजात पनि आदानप्रदान भइसकेको छ । यस पटक दुवै सरकारबीच सम्झौता गर्नका लागि प्रस्ताव नै पठाएको उहाँले बताउनुभयो ।

चिया नेपालको मुख्य निर्यात वस्तु हो । आव २०७७/७८ मा तीन अर्ब ७९ करोड रुपियाँको ११ हजार ९२० मेट्रिक टन र २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो ।

अहिले नेपाली चियाको मुख्य बजार भारत हो । नेपालको कुल चिया निर्यातको ९० प्रतिशत भारतमा हुने गरेको छ तर नेपाली चिया भारतमा निर्यात गर्दा समयसमयमा झन्झट आउने गरेको छ ।

भारतले बेलाबेलामा नेपाली चियाबारे भ्रम सिर्जना गरेका कारण बजारमा नकारात्मक धारणा फैलने गरेको र त्यसले निर्यात प्रभावित हुने गरेपछि भारतको विकल्पमा बजार खोज्नुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो ।

भर्खरै भारतको लोक सभा र राज्य सभामा प्रस्तुत विधेयकमा भारतमा निर्यात हुने चियामा परिमाणात्मक बन्देज लगाउनुपर्ने र भन्सार कर लिनुपर्ने प्रावधान राखिएको छ ।

भारतको संसदीय समितिले चियाबारे अध्ययन गर्दै नेपाललगायत विभिन्न देशको चिया न्यून गुणस्तरको भएको प्रतिवेदन दिएको छ । भारतले नेपालको चियाबारे यस्तो गम्भीर कुरा उठाइसकेपछि आफूहरूले यो कुरा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पु(याइसकेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले यो विषयमा भारतलाई पत्राचार गर्नुभन्दा यहाँ भारतीय दूतावासमार्फत कुरा गरेर चाँडै यसको छिनोफानो गर्ने भन्नुभएको छ । भारतीय दूतावाससँग छलफल गर्ने तयारीमा आफूहरू रहेको निर्देशक खनालले बताउनुभयो । आजको गोरखापत्रमा समाचार छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]