आश्विन २०, २०७९ बिहीबार

इजरायलले एक हजार श्रमिक लैजाने

काठमाडौँ  । इजरायल सरकारले कृषि क्षेत्रका लागि नेपालबाट एक हजार श्रमिक लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच सोमबार मन्त्रालयमा भएको भेटका क्रममा गोदेरले सोबारेमा जानकारी दिनुभएको हो ।

मन्त्रालयका अनुसार भेटका क्रममा उहाँहरूबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ । छलफलमा राजदूत गोदेरले इजरायल सरकारले एक हजार नेपाली श्रमिक कृषि कामका लागि लैजाने विषयमा टुङ्गो लगाएको जानकारी दिनुभयो । त्यस्तै उहाँले यसअघि सहायक श्रमिकका लागि नौ हजार ६९९ जनाले निवेदन दिएकामा एक हजार १४७ जना श्रमिक छनोट भएकामध्ये आधा इजरायल गइसकेको र आधा जाने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली श्रमिकका लागि पुनः एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न मन्त्री कुँवरले आग्रह गर्नुभयो । साथै भेटका अवसरमा मन्त्री कुँवरले सहायक कामदारका रूपमा छनोटमा परेर करिब पाँच सय नेपाली युवा इजरायल जान बाँकी रहेकाले उहाँहरूलाई छिटोभन्दा छिटो इजरायल लैजाने वातावरण बनाइदिन राजदूत गोदेरलाई अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास