बैशाख १३, २०८१ बिहीबार

कनकाईको कृषि तथा पशुपालन परियोजना प्रभावकारी

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले हेफर प्रोजक्टसँगको प्राविधिक सहयोगमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना प्रभावकारी भएको जनाएको छ । शनिवार नगरपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाईमा सो परियोजना प्रभावकारी भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

नगरप्रमुख पोखरेलले नगरभित्रका महिलाको आर्थिक उन्नतिका लागि हेफर प्रोजेक्टसँग सहकार्य गरेको जानकारी दिए । उनले कृषिमा उन्नति, सबैलाई स्वरोजगार र संवृद्धिका लागि परियोजना प्रभावकारी भएको बताए । सार्वजनिक सुनुवाईमा नगर प्रमुख पोखरेल, हेफरका क्षेत्रीय संयोजक दिपेश पोखरेल र अभियान नेपालका अध्यक्ष प्रेम गिरीले सहभागीहरुको जिज्ञासामा जवाफ दिएका थिए ।

सहभागीहरुले पर्याप्त तालिको आवश्यकता भएको बताउँदै बजारीकरणमा सहयोग गर्न आग्रह समेत गरेका थिए । समयमा बाख्रा बिक्दैन, बैंकको किस्ता बुझाउने समय आउछ, सहभागीहरुले भने – यो अवस्थामा असाध्यै समस्या हुन्छ । यसैले बजारीकरणमा सहयोग चाहियो ।

सहभागी कृषकहरुले गाउँघरमा पशुचौपाय चोरीको समस्या पनि बढ्दै गएको जानकारी गराएका थिए । उनीहरुले चोरी नियन्त्रणका लागि सडकबत्तीको माग समेत गरेका छन् । हेफर प्रोजेक्टले कृषि र पशुपालनमा आफुलाई निकै उत्साहित बनाएको सहभागी किसानहरुको भनाई थियो । उनीहरुले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
आर्थिक वर्ष ०७८-७९ मा सञ्चालित परियोजनामा हेफर प्रोजेक्टले नगरपालिकासँगको सहकार्यमा कृषि र पशुपालनको क्षेत्रमा सहकार्य गरेको थियो । कनकाई नगरपालिकाले तरकारी, मासु र दुग्ध उत्पादन वृद्धिका लागि हेफरसँग सहकार्य गरेको हो ।
महिला समूह मार्फत हेफरले कनकाईमा परियोजना सञ्चालन गरेको थियो । देशभर ३ लाख १५ हजार परिवारमा काम गरिरहेको हेफरले कनकाईमा समेत महिला समूह मार्फत कृषि तथा पशुपालनमा काम गरेको छ । कनकाईमा हेफरले नगरको आर्थिक सहयोग र अभियान नेपालको सहजीकरणमा परियोजना सञ्चालन गरेको थियो ।

कनकाईको १ करोड ६३ लाख ९ सय ९९ र हेफरको ३५ लाख ९९ हजार ७ सय २ रुपैयाँ खर्च गरेको छ । सो रकममा मुल समूहलाई तालिम, सामुदायिक कृषि तथा पशु स्वास्थ्य उद्यम तालिम, बाख्रा वितरण, बिउ बोका वितरण, घाँसको बेर्ना सहयोग, घाँसको बिउ सहयोग, पशु स्वास्थ्य शिविर, शिविर अन्तर्ग ट्रेविज निर्माण, साना सिचाई सहयोग, सिचाई मिटर वितरण, दुग्ध व्यवसाय प्रवद्र्धन, पशु पहिचान ट्याग वितरण, अनुगमन समिति गठन तथा अभिमुखिकरण सञ्चालन गरिएको थियो ।

यस्तै, वडा स्तरीय परियोजना व्यवस्थापन समिति गठन, मुल समूह गठनपछि अभिमुखिकरण, पशु स्वास्थ्य बीमा, धानको बिउ वितरण, केभ परिचालन, तरकारी फुलफुलको विउ तथा बेर्ना वितरण, कृषि यन्त्र औजार सहयोग, पकेट क्षेत्र विकास कार्यक्रम भेटनरी सामग्री वितरण, एग्रोभेट सामग्री वितरण गरिएको हेफरले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]