बैशाख २७, २०८२ शनिबार

अलैँचीको बजारीकरणका लागि बिर्तामोडमा ‘वाह अलैँची’ कार्यक्रम

बिर्तामोड । नेपाल अलैँची व्यवसायी महासङ्घले नेपालमा उत्पादित अलैँचीको बजारीकरणका लागि ‘वाह अलैँची’ नामक कार्यक्रम सुरुआत गरेको छ । अलैँचीको प्रवद्र्धन गर्ने उद्देश्यले स्वीस सरकारको सहज कार्यक्रमअन्तर्गत वाह अलैँची कार्यक्रम सुरुआत गरिएको हो ।

स्वीस कार्यक्रममार्फत नै मास्टर सेफ सन्तोष साहलाई अलैँचीको ब्राण्ड एम्बासेडर नियुक्त गर्दै कार्यक्रमको सुरुआत गरिएको हो । प्रदेश नं १ सरकारको सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले नेपालमा उत्पादित अलैँची विश्व बजारमा प्रख्यात रहे पनि नेपालमा यसको प्रयोग ज्यादै न्यून रहेकाले नेपाली उपभोक्ता माझ पनि अलैँचीका विषयमा जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले अलैँची उत्पादन गर्ने कृषक र व्यवसायीका लागि प्रदेश सरकारले सहयोग पु¥याउने बताउनुभयो ।

नेपालमा वार्षिक रु सात अर्बको अलैँची उत्पादन हुँदै आएको छ । नेपालका ४५ जिल्लाको झण्डै १८ हजार ४०० हेक्टर क्षेत्रफलमा व्यावसायिकरूपमा अलैँची खेती हुँदै आएको र वार्षिक करिब पाँच हजार पाँच सय मेट्रिकटन अलैँची उत्पादन हुने गरेको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]