बैशाख १३, २०८१ बिहीबार

औषधी व्यवसायी संघ झापामा गुप्ता

दमक । नेपाल औषधि ब्यवसायी संघ झापाको अध्यक्षमा दमकका पूराना औषधि ब्यवसायी गौतम गुप्ता निर्वाचित भएका छन् । उनले आफना प्रतिस्पर्धी सुरेन्द्र प्रधानलाई हराएका थिए । गुप्ताले २८२ मत ल्याई विजयी भए भने प्रधानले ११८ मत प्राप्त गरेका थिए ।

संघको दमकमा शुक्रवार सम्पन्न प्रथम जिल्ला अधिबेशनको निर्वाचनबाट गुप्ता जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित गुप्ताले २०५९ मा नेपाल औषधि ब्यबसायी संघ मेची शाखाको कार्यसमिति सदस्य, २०६२ मा सोही समितिको उपकोषाध्यक्ष ,२०६४ मा कोषाध्यक्ष, २०७० मा महासचिव, २०७३ सालदेखि उपाध्यक्ष पदको जिम्मेवारी निर्वाह गरिसकेका छन् । यसैगरि उपाध्यक्षमा २०३ मत ल्याएर प्रदीप खरेल निर्वाचित भए भने उनका प्रतिद्धन्दी गोविन्दप्रसाद अधिकारीले १९७ मत ल्याएका थिए ।

यस्तै १७० मत ल्याएर सचिवमा ससिम पोखरेल विजयी भए भने उनका प्रतिद्धन्दी अनिल सुवेदीले १३८ र अर्का उम्मेदवार बलराम खतिवडाले ९१ मत प्राप्त गरे । यसेगरि उपकोषाध्यक्षमा युवराज भट्टराईले २१७ मत ल्याई निर्वाचित भए भने उनका प्रतिद्धन्दी खेमचन्द्र बस्नेतले १८० मत ल्याएका थिए ।

यसैगरि सदस्यहरुमा विजयी हुने लक्ष्मी पौडेल ( ३०१ ) ,सुेरश खतिवडा (२४४) र प्रल्हादराम ढुंगाना (१८१)निर्वाचित भएको गठित निर्वाचन समितिका संयोजक नरेन्द्र वरालले जानकारी दिए । सदस्यमा पराजित हुने गुरुप्रसाद राजवंशीले १६६, विक्रम राजवंशीले (१३१ ) र यज्ञराज कार्कीले १३४ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार  ३ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]