बैशाख १३, २०८१ बिहीबार

अर्जुनधारामा तिज विशेष कार्यक्रम

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ र ७ संयुक्त नव युवा क्लबले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रम गरेको छ ।

‘संस्कृति जोगाऔं , विकृति रोकौं’ भन्ने मुल नाराका साथ क्लबले सोमबार मिलडाँडा स्थित एकता चोकमा तिज विशेष कार्यक्रम आयोजना गरेको हो । अर्जुनधारा नगरपालिका – ७ का वडा सदस्य पार्वता भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबकी सल्लाहकार सदस्य रमा भट्टराईले कार्यक्रमको औचित्य बारे प्रकाश पारेकी थिइन् ।

तिज विशेष कार्यक्रमका संयोजक देवका न्यौपानेको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि पार्वता वडा सदस्य जानुका दियाली ,क्लबका अध्यक्ष देवेन्द्र मैनाली, सामुदायिक भवन निर्माण समिति संयोजक केदार पराजुली, क्लबका पूर्व अध्यक्ष हिरामान शाह लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा स्थानीय महिलाहरुले तिज सम्बन्धी विविध नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी हुने २ सय ५० जना भन्दा बढी आमा तथा महिला दिदीबहिनीहरुलाई दर खुवाएको कार्यक्रम संचालक कोपिला भण्डारीले जानकारी दिइन् ।

प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]