बैशाख ८, २०८१ शनिबार

दुर्गा प्रसाईले गरे दुवईमा अलपत्र तीन नेपाली युवाको उद्धार

बिर्तामोड । वैदेशिक रोजगारीका लागि दुवई गएर अलपत्र परेका तीन जना युवालाई झापाका व्यवसायी दुर्गा प्रसाईले उद्धार गरेर स्वदेश फिर्ता ल्याएका छन् । दाङ, तुलसीपुरका गोविन्द केसी–२३, नवलपरासी गैडाकोट, १६ का सन्दीप तिमिल्सिना–२७ र खोटाङ वोयङका चन्द्रबहादुर बुढाथोकी–३० लाई प्रसाईले उद्धार गरेर शुक्रवार स्वदेश ल्याएका हुन् । प्रसाईले उद्धार गरेर ल्याएका युवाहरुका अनुसार उनीहरु लामो समयदेखि दुवईमा अलपत्र थिए ।

खोटाङका बुढाथोकीबाट २ लाख सात हजार रुपैयाँ लिएर दलालले नौ महिना अघि ‘भिजिट’ भिषामा दुवई पुर्याएका थिए । आर्थिक अवस्था निकै दुरावस्थामा रहेका बुढाथोकीले कमाउन पाउने आसमा ऋण काढेर दलाललाई पैसा बुझाएका थिए । दुवई उडाउनु अघि दलालले उनलाई खान, बस्न सहित मासिक १३ सय दिराम (ने.रु, ४५ हजार) तलव हुन्छ भनेका थिए । तर, उनले त्यहाँ गएर एक दिन पनि काम गर्न पाएनन् ।

भिजिट भिषामा लैजाने दलालहरुको समूहले उनलाई दुवईको सारजा पुर्याएर आज काम पाईन्छ, भोलि काम पाईन्छ भन्दै डेड महिना एउटा कोठाभित्र राखे । त्यसपछि सारजाबाट अलकुज भन्ने ठाउँमा लगेर पाँच महिना राखे ।
यसअघि पनि प्रसाईले दुवईमा दुर्घटनामा परी कोमामा पुगेकी महिलालाई उद्धार गरेर ल्याएका थिए भने त्यहाँका अस्पतालमा अलपत्र दुई वटा शव ल्याइसकेका छन् ।

प्रकाशित मिति : भाद्र ११, २०७९ शनिबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]