बैशाख २१, २०८१ शुक्रबार

५ करोडको अस्पताल २ महिनामै चुहियो

लीलाराज झापाली

विर्तामोड । झापाको कनकाई नगरपालिका–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको भवन हस्तानतरण भएको दुई महिना नपुग्दै चुहिन थालेपछि सेवाग्राही र स्वास्थ्यकर्मी मर्कामा परेका छन् ।

शहरी विकास मन्त्रालय अन्र्तगत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको ५ करोड ५२ लाख ५८ हजार २ सय ८७ पैँसा रुपैयाँ लागतमा निर्माण भई गत असार २८ गतेमात्रै भवन कनकाई नगरपालिकालाई हस्तान्तरण गरिएको हो । भवन निर्माण पछि सरसफाई गरेर दुई सातादेखि भवनबाट सेवा सुरु गरिए पनि पानी परेका बेला भवनभित्र स्वास्थ्यकर्मी र विरामीको विचल्ली हुने गरेको स्वास्थ्य केन्द्रका कर्मचारीको भनाई छ ।

पानी पर्नासाथ भवनका प्रायः सबै कोठाबाट पानी चुहिएर कोठामा घुडासम्म पानी जम्ने गरेका कारण कोठाभित्रै छाता ओढ्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाका हेल्थ असिस्टेन्ट नारायण अधिकारीले बताए । ७२ कोठे अस्पतालको प्रायः सबै कोठामा पानी चुहिने समस्याले गर्दा अस्पताल भित्र चुहिने ठाउँमा पानी थाप्न बाल्टी खरिद गरेर राखिए पनि ठुलो पानी पर्दा बाल्टी थाप्दा पनि पानी थाम्न नसकिएपछि सेवानै अवरुद्ध हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

अस्पताल भवनको स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले नगर अस्पतालको रुपमा अस्पताल भवनको उद्घाटन गरे पनि नगर अस्पतालमा हुनुपर्ने कुनै सेवा सुविधा नभएको स्थानीयबासीको भनाई छ । अस्पतालमा एक दरबन्दी र एक करारसहित दुई डाक्टरले सेवा दिए पनि अस्पतालनमा औषधि र प्राविधिक उपकरणको अभावमा अस्पताल रेफर सेन्टरका रुपमा मात्रै रहँदै आएको छ । अस्पतालको भवन हेरेर खुसी भएर आउने सेवाग्राहीहरु अस्पतालको सेवा हेरेर दुखी भएर फर्कनुपरेको गुनासो छ ।

ठेकेदारले पैसा तिरेनन्
यता २०७२ साल चैत्र १० गतेदेखि अस्पताल निर्माणका लागि बसेको ठेकेदार र निर्माण कर्मचारीले भवन निर्माणका लागि यस क्षेत्रका व्यापारी व्यावसायीसँग लिएको सापटी र होटलमा खाएको सामानको रकम नदिंदा स्थानीयबासी र व्यवसायी मर्कामा परेका छन् ।

प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]