बैशाख ७, २०८१ शुक्रबार

बाह्रदशीको सय दिन : स्वास्थ्य र शिक्षा प्राथमिकतामा

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको आज एक सय दिन पुरा भएको छ । गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले अध्यक्षको जिम्मेवारी पाएपछि जनताको सेवामा क्रियाशिल भएको सय दिन पुरा भएको जानकारी दिए ।

कार्यभार सम्हालेर जनताको बीचमा सय दिन काम गर्दै गर्दा शिक्षा र स्वास्थ्यलाई नै मुख्य प्राथमिकतामा राखेर अघि बढेको जानकारी दिए । गाउँपालिकाले सबै क्षेत्रलाई समेटेर अघि बढेको छ, अध्यक्ष चम्लागाईले भने – त्यसमा पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा ध्यान दिएका छौं ।

निर्वाचित भएपछि सबै स्थानीय तहले बजेट ,नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका १५ पालिकाले आर्थिक वर्ष ०७९-८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । बाह्रदशी गाउँपालिकाले भदौं १० गते कार्यक्रमको पुस्तिका नै सार्वजनिक गरिसकेको छ । त्यसका अलवा गाउँपालिकाका अध्यक्ष चम्लागाईले सय दिनका मुख्य कामहरु सार्वजनिक गरेका छन् ।

गाउँपालिकाको कार्यभार सम्हाले लगत्तै अध्यक्षले गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्सरे गर्ने घोषणा गरे बमोजिम कार्यान्वय भइसकेको छ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका अध्यक्ष चम्लागाईले भर्खरै ५० लाख बराबरको स्वास्थ्य उपकरणसहित सामग्री ल्याएका छन् । ५ शैयाको अस्पताल सञ्चालनका लागि मन्त्रालयबाट डिजिटल एक्सरे, इसीजी मेसिन लगायतका सामग्री ल्याएको चम्लागाईको भनाई छ । अस्पताल सञ्चालनका लागि एमबीबीएस डाक्टरको व्यवस्था भइसकेको गाउँपालिकाले जनाएको छ ।

हालसम्म आधारभुत स्वास्थ्य केन्द्र स्थापना नभएको वडा नं. ३ मा स्वास्थ्य सेवा प्रदान गर्नलाई अहेव, अनमी र कार्यालय सहयोगी नियुक्त गरेर सेवा प्रारभ्म गरिएको छ । स्वास्थ्य स्वयमसेविकाहरुलाई तलव बृद्धि गरिएको छ ।
यस्तै, अध्यक्ष चम्लागाईका अनुसार स्वयम्सेविकाहरु अवकास हुँदा एकमुष्ट १ लाख रुपैयाँ उलपब्ध गराउने निर्णय गरिएको छ ।

बाह्रदशी गाउँपालिकाबासी नागरिकलाई निशुल्क रगतको व्यवस्था मिलाइएको छ । त्यसका लागि गाउँपालिकाले रेडक्रससँग सम्झौता गरिसकेको छ । बाह्रदशीका नागरिकले उपचारका क्रममा रगत खोजीमा भौतारिनु नपर्ने र कुनै शुल्क पनि बुझाउनु नपर्ने व्यवस्था मिलाइएको अध्यक्ष चम्लागाईले जानकारी दिए । गापाले एम्बुलेन्स खरिदका लागि समेत बजेट छुट्याइसकेको छ ।

सय दिनका मुख्य–मुख्य काम र निर्णयहरु सार्वजनिक गर्दै उनले बाह्रदशीमा सामुदायिक क्याम्पस नभएकाले स्थापनाका लागि आवश्यक प्रक्रिया थालिएको जानकारी दिए ।

शिक्षा, स्वास्थ्य र वडा कार्यलयहरुको अनुगमन गरिसकेका अध्यक्ष चम्लागाईले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि टेण्डर आव्हान गरिसकेको बताए । उनका अनुसार त्यसका लागि आवश्यक व्यवस्थापनको काम पनि भइरहेको छ ।
हरेक वर्ष बाढी, कटानको जोखिम रहेको वडा नं. ७ को गोलुगाउँ पश्चिम बाँसको सहायतामा नियन्त्रणको काम गरेको उनको भनाई छ । सो कार्यले प्रभावित नागरिक सुरक्षित भएका छन् ।

यस्तै, आवास विहीनहरुका लागि आवास निर्माण, खानेपानीका समस्या समाधान र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि सरोकारवाला माथिल्लो निकायसँग समन्वय भइरहेको अध्यक्षको भनाई छ ।

अध्यक्ष चम्लागाईले सय दिन उपलब्धिमुलक भएको प्रतिक्रिया दिदैं बितेको सय दिनमा सबै जनप्रतिनिधिहरु, कर्मचारी र आम बाह्रदशीबासी नागरिकसँग अपेक्षाकृत सहकार्य र समन्वय भइरहेको जानकारी दिए । उनले गाउँपालिकाबासीको आशा पुरा गर्ने अभियानका क्रियाशिल रहने बताएका छन् ।

प्रकाशित मिति : भाद्र ११, २०७९ शनिबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]