बैशाख ६, २०८१ बिहीबार

अर्जुनधारामा १३ जना श्रमिकलाई सम्मान

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका – ७ स्थित गुरागाँई कम्प्लेक्सले कुशे औंसी अवसर पारेर एक कार्यक्रमका बीच १३ जना श्रमिकलाई सम्मान गरेको छ ।

शनिबार आयोजित मजदुर सम्मान कार्यक्रममा गुरागाँई कम्प्लेक्सले अहोरात्र खटेर भवन निर्माण गरिदिने नगर क्षेत्रका १३ जना श्रमिकलाई सम्मान गरेको हो । अर्जुनधारा नगरपालिका – ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा मजदुरका अगुवा देवकुमार राई, हेड मिस्त्री अर्जुन दनुवार, सहायक मिस्त्रीद्वय प्रकाश लिम्बू, शान्ता नेपाली, मिस्त्रीहरु मोहन सुब्बा ,भरत दनुवार ,कमला तामाङ ,मनोज चौधरी ,सञ्जय शाह, प्रदिप विक लगायत १३ जना मजदुरलाई टि–सर्ट , क्याप र रुद्राक्षको माला पहिरिएर सम्मान गरिएको कार्यक्रम संचालक मेदनीप्रसाद ढुंगेलले जानकारी दिए ।

सम्मान कार्यक्रममा गुरागाँई कम्प्लेक्सका प्रोपाइटर तथा मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुख कमल गुरागाईले स्वागतसहित कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए । गुरागाई अनुसार पूर्वको दोस्रो पशुपतिनाथको रुपमा परिचित अर्जुनधारा जलेश्वरधाममा आगमन हुने भक्तजनहरुलाई लक्षित गरि सवा १ करोड रुपैयाँ लगानीमा १ कठ्ठा साडे ३ धुर जग्गामा निर्मित २ वटा सभाहलसहित साडे ४ तले जम्मा २३ कोठा भएको भवनमा निकट भविष्य मै बस्न र खानाका लागि सुविधायुक्त शुद्ध शाकाहारी रेष्टुरेन्ट संचालन गरिनेछ ।

भवनसंगै जोडिएको १० वटा सटर भएको निर्मित कम्प्लेक्स ४ वटा सटर संचालन भइरहेको छ । गुरागाँई कम्प्लेक्स संचालक धर्मानन्द गुरागाई सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले शुभकामना मन्तव्य राख्दै गुरागाइँ कम्प्लेक्सले गरेको मजदुर सम्मान अनुकरणीय र उदाहरणीय भएको बताएका छन् ।

जनमानसमा मजदुरहरुलाई हेर्ने दृष्टि बेग्लै छ, तर आज आफ्नो घर – भवन बनाउने मजदुरहरुलाई सम्मान गरिएकोमा खुशी प्रकट गरे । व्यक्तिले आर्जन गरेको धन –सम्पत्ति उस्ले मरेर लादैन् । उस्ले जीवनमा कमाएको धन यसरी उचित सदुपयोग गर्न सके मात्र धन र व्यक्तिको कदर गरिने उनको भनाइ थियो । निकट भविष्यमा गुरागाँई रेष्टुरेन्टले जलेश्वरधाममा आउने भक्तजनहरुलाई खाना र बस्नका लागि सुविधा दिने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा वडा सदस्य पार्वता भट्टराई , अर्जुनधारा जलेश्वरघामका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडा , घामका मुख्य पुजारी अग्निप्रसाद सिग्देल, सम्मानित तर्फबाट देवकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी हुनेहरुलाई मिष्टान भोजन गराइएको थियो ।

प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]