बैशाख २४, २०८२ बुधबार

बाल दिवसमा विधार्थीलाई स्कुल व्याग सहयोग

बिर्तामोड । बाल दिवसको अवसर पारेर शहीद लक्ष्मी प्राथमिक विधालयका करिव २ सय विधार्थीलाई स्कुल व्याग वितरण गरिएको छ ।

बिर्तामोड–७ मा रहेको सो विधालयमा अध्ययनरत विधार्थीलाई बिर्तामोडस्थित धौलागिरी–पािरजात बहुउद्देश्यीय सहकारी संस्था र लायन्स क्लव अफ अनारमनीले संयुक्त रुपमा स्कुल व्याग प्रदान गरेका हुन् । आज बिहान सहकारी र लायन्स क्लवका पदाधिकारीहरुले विधालय पुगेर विधार्थीलाई व्याग उपलब्ध गराएको धौलागिरीका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए । उनले विपन्न परिवारका विधार्थीलाई सहयोग गर्न उक्त सामग्री उपलब्ध गराएको बताएका छन् ।

लायन्स क्लवका अध्यक्ष शैलेन्द्र कुरुङवाङले विधार्थीलाई पठनपाठनमा सहयोग पु¥याउन व्याग उपलब्ध गराएको जानकारी दिएका छन् । कुरुङवाङले सामाजिक सेवामा क्रियाशिल संस्था लायन्स क्लव अफ अनारमनीले यस्ता सामाजिक कामलाई निरन्तर रुपमा अघि बढाने बताए ।

प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार  १२ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]