बिर्तामोडमा गोर्खापोष्ट अनलाईन शुरु
बिर्तामोड । झापाको बिर्तामोडमा वीरता मिडिया प्रालिले गोर्खा पोष्ट डेली सञ्चालनमा ल्याएको छ । मंगलवार एक कार्यक्रमका बीच कांग्रेसका महामन्त्री विश्वप्रकार शर्माले सो अनलाईनको उद्घाटन गरेका हुन् । गोर्खा पोष्ट डेली डटकमको एक वर्षदेखि परीक्षणकालमा थियो ।
गोर्खा पोस्टले समाचारसँगै अनलाइन टिभी पनि सुरु गरेको वीरता मिडियाका प्रबन्ध निर्देशक वीरबहादुर दर्नालले जानकारी दिए ।
सोही अवसरमा तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । जेठो पत्रकारिता पुरस्कारबाट यस वर्ष अग्रज पत्रकार नकुल काजीलाई प्रदान गरिएको छ । काजीलाई नगद २५ सय र सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी दिवंगत पत्रकार मदन ढकालको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट पत्रकार राजबाबु शंकर पुरस्कृत भएका छन् । वीरता गौरव पत्रकारिता पुरस्कारबाट पत्रकार भारती राईलाई पुरस्कार प्रदान गरिएको छ । उनि हरुलाई जनही २ हजार १ सय का दरले पुरस्कृत गरिएको गोर्खा पोस्टका प्रधान सम्पादन राजेन्द्र गौतमले जानकारी दिए । उद्घाटन कार्यक्रममा राजनीतिकर्मी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।