जेष्ठ १२, २०८२ आईतबार

मोबाइल होल्डर राखे २० हजारसम्म जरिवाना

बिर्तामोड । मोटरसाइकल र स्कुटरमा मोबाइल होल्डर राखे २० हजारसम्म जरिवाना हुने भएको छ । दुईपाङ्ग्रे सवारीसाधनमा मोबाइल राख्दा चालकको ध्यान भड्किएर दुर्घटनाको सम्भावना धेरै हुने भएकाले यसलाई अभियानकै रूपमा सुरु गर्न लागिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

‘होल्डर राख्नु पनि सवारीसाधनको स्वरुप परिवर्तन गर्नु नै हो । यो नियम पहिल्यैदेखि थियो । अहिले त कडाइका साथ पालना गराउन मात्र लागेका हौँ,’ उनले भने । अहिले सम्झाइ बुुझाइ र सामान्य जरिवाना गरिरहेको र चालकले अटेरी गरे कडाइ गरिने उनले बताए ।

‘अहिले हामीले लापर्वाही कसुरमा ५ सय १ हजार मात्र जरिवाना गरेका छौँ । सवारीचालकले अझै पनि अटेरी गरे स्वरुप परिर्वतन कसुरमा ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना हुन्छ,’ भट्टले भने ।

प्रकाशित मिति : भाद्र १५, २०७९ बुधबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]