बिहीवार झापा आउँदै एमाले अध्यक्ष ओली
बिर्तामोड । एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिने कार्यक्रममा सहभागी हुन झापा आउने भएका छन् । बिहीवार २ः३० बजे ओली भद्रपुर विमानस्थल ओर्लिने झापा एमालेले जनाएको छ ।
भोली आफ्नै निर्वाचन क्षेत्रमा भेटघाट गर्दै दमक बस्ने कार्यक्रम तय भएको छ । शुक्रवार विहान ११ बजे मोरङको सुन्दर हरैंचामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने, २ बजे गौरीगञ्जमा आयोजना गरिने बृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई ५ बजे कमलमा युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुने एमाले झापाका सचिव शिव ढुङगेलले जानकारी दिए ।
शुक्रवार दमक बसेर कार्यकर्तासँग भेटघाट गर्दै शनिवार ११ बजे काठमाडौं फर्कियो योजना रहेको बताइएको छ ।